चीन विरोधी ‘फ्री तिब्बत’ बैठकमा सहभागी मियाँ पनि ओली मन्त्रिपरिषद्‌मा

काठमाडौँ । संसद सदस्यका रुपमा सभामुख र पार्टीको पूर्व अनुमतिबिना ‘फ्री तिब्बत’ अभियानमा सहभागी भएका एकवाल मियाँ जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट केपी शर्मा ओली मन्त्रिपरिषद्‌मा सामेल भएका छन्।

गत वर्ष जनता पार्टीका प्रतिनिधि सभा सांसद मियाँ र समाजवादी पार्टीका प्रदीप यादव ‘इनटरनेशनल नेटवर्क अफ पार्लियामेन्टारियनस’ द्धारा आयोजित ‘फ्री तिब्बत’ अभियानमा माग लिन लात्भिया गएका थिए।

त्यो घटना लगत्तै चीनले विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराको निर्देशनमा संसद सचिवालयले छानवीन गरेको थियो। र, सम्बन्धित दलहरुले उनीहरु विरुद्ध अनुशासनात्मक कारवाही गरेको थियो।

परराष्ट्र मन्त्रालयले कार्यक्रममा उनीहरुको सहभागितामा लादाँ नेपालको ‘एक चीन नीति’ विरुद्ध भएको भन्दै चीनलाई आश्वस्त गर्ने कोशिस गरेको थियो।

संयोग ती सांशदहरुको आचरणको निन्दा गरेका दुवै पार्टीका लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरिया पनि ओली मन्त्रीपरिषदमा सामेल गरिएका छन्, मियासँगै। साभार : देशसंचार 

भर्खरै प्रकाशित

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…