नवनियुक्त मन्त्रीहरुलाई राजेन्द्र महतोको निर्देशनः यो उपलब्धीलाई पार्टीको हितमा प्रयोग गर्नु

उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पार्टीको हित हुने काम गर्न निर्देशन दिएका छन् । शनिवार पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले अहिले ऐतिहासिक अवसर आएकोले सबैभन्दा पहिला आफ्नो पार्टीका लागि काम गर्न आग्रह गरे ।

उनले भने, ‘संगठनमा शक्ति हुन्छ, संगठनकै कारण जनता समाजवादी पार्टीको संसदमा जुन उपस्थिति रहेको छ, उसैको परिणामस्वरुप १० जना हाम्रा मित्र सरकारमा सहभागी भएका छौं ।’

उनले हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ सय २१ सिट भएको पार्टीको ७ मन्त्री र जसपाको २० सिटबाट १० मन्त्री बनाएको पनि सुनाए । उनले आफ्नो पार्टीमा ३४ सिट रहेपनि अरु बिभाजको प्रक्रियामा रहेको बताए ।

उनले यो ऐतिहासिक अवसर भएको बताउँदै पार्टीको लाभका लागि काम गर्न निर्देशन दिए । उनले भने, ‘यस अवसरको लाभ पार्टीको हीतमा प्रयोग गर्नुपर्छ । आफ्नो विभागीय उत्तरदायित्व अनुसार मिलेको अवसर देश, जनता, पार्टी र संगठनको लागि अधिकतम सदुपयोग गर्नुपर्छ ।’

उनले सबै मन्त्रीहरुले पार्टीलाई बलियो बनाउनेगरी काम गर्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरे । उनले सरकार र जनतासँग नजिकको सम्बन्ध राख्न एउटा पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री महतोले सरकारमा गएपछि गरम नभई सबैप्रति नरम हुन पनि निर्देशन दिए । उनले देशमा रहेको नियम कानुन संविधान मान्नुपर्ने बताउँदै संविधानले नदिएका कुरामा पार्टीले संघर्ष पनि गरिरहेको उल्लेख गरे ।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…