अग्नि पीडित परिवारलाई खाद्यान्न सहयोग

सन्तोष डाँगी 

रोल्पा।  हेल्पिङ ह्याण्ड जापान र उज्यालो बिहानीको सहकार्यमा अग्नि पीडित रोल्पालीलाई खाद्यान्न सहयोग  रोल्पा। हेल्पिङ ह्याण्ड जापान  टिमको आर्थिक सहयोगमा उज्यालो बिहानी फाउण्डेसनले रोल्पा त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा अग्नि पीडितहरूलाई  खाद्यान्न सहयोग गरेको छ।

फाउण्डेसनले शुक्रबार त्रिवेणी गाउँपालिका स्थानीय निकायको रोहबरमा  ३७ घरधुरीलाई प्रतिघर २ बोराका दरले ७४ बोरा चामल, ३७ बोका तेल र ३७ पोका नुन वितरण गरेको हो।

बैशाख १३ गते जङ्गलबाट सल्किएको आगोले ३७  घरगोठ जलेर नष्ट भएपछि गाउँलेहरू अहिले पाल मुनि बस्न बाध्य भएका छन् । स्थानीय सरकार र  विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत आफूहरुलाई अपुग भएको पीडितहरूको गुनासो छ ।

‘हामीले परिवारको संख्या हेरी १५ देखि २० हजार सम्म रकम पाएका छौं’, अग्नि पीडित बिनोद थापाले भन्नुभयो जलेका घर बनाउन सात आठ लाख रुपैयाँ लाग्ने होला, हामीसँग पैसा नै छैन’।

हाल सम्म विभिन्न संघ संस्था, स्थानीय सरकार र जिल्ला  कार्यालय रोल्पाबाट थोरै-धेरै सहयोग प्राप्त भएता पनि संघीय र प्रदेश सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएको वडा अध्यक्ष कविराज बुढा बताउनु भयो । बर्खाको सिजन लागिसकेकाले हाललाई काठ चिरान गर्न र टिन खरिद गर्नका लागि नगद रकमको आवश्यक रहेको अध्यक्ष बुढाले बताउनु भयो।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…