पत्रकार ऋषी धमलालाई मुखे पाइल्स छ : साहित्यकार थापा

काठमाडौं। नेपाली साहित्य क्षेत्रमा निकै परिचित नाम हो राजेन्द्र थापा । काठमाडौं डिल्लीबजारका रैथाने थापाले युवा अवस्थामै गीत र कवीता लेखेर आफुलाई स्थापित गराइसकेका थिए । दर्जन् बढी उपन्यास, कवीता र कथासंग्रह प्रकाशित गरिसकेका थापाका सयौं गीत, गजल समेत बजारमा सुन्न पाईन्छ ।

पोहर साल खुसी फाट्यो… गीतका गीतकार थापा हुन् भन्ने समेत थाहा नपाएकी गायिका अरुणा लामालाई उनकै गीतले स्वर सम्राज्ञीकोरुपमा स्थापित गराएको थियो । खासै उति आफ्नो चर्चा परिचर्चा गरेको नरुचाउने साहित्यकार थापा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय देखिन्छन् । साथै उनले समाजिक तथा राजनीतिक बृत्तका हरेक घटनालाई व्यांग्यात्मक टिप्पनी तथा आफ्नो धारणा सहित आलोचना समेत गरिरहेका हुन्छन् ।

यसै सन्दर्भमा उनले आज आफुलाई निकै स्थापित र चर्चित पत्रकारको रुपमा प्रस्तुत गर्ने पत्रकार ऋषी धमलालाई सल्लाहा, सुझाव सहित उनको प्रस्तुतिको टिप्पनी समेत गरेका छन्, जुन हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

साहित्यकार थापा लेख्छन्: जनता ले जानिसकेका छन् कि ऋषी धमलालाई मुखे पाइल्स छ । त्यसैले बोली निकाल्न कन्नु पर्छ । अरुको तल पाइल्स छ र तलै कन्छन् । ऋषीले मुखले कनेको जनता सबैलाई थाहा भइसक्यो ।

कि ऋषी धमला यो देशको राजनीतिको ट्राफिक हल्दार हुँ भन्ने भ्रम या मनोदशाले ग्रसित छन् ? त्यसैले मुखे पाइल्स कन्दा ट्राफिक हल्दारले झैं लाल-लाल मुख लगाएर छाती अगाडी दुबै हातले दुबैतिरका सवारी लाई एकै चोटी पासको ग्रिन सिग्नल दिन्छन् ।

कि उनी मन्त्री ठान्छन् आफुलाई ? त्यसैले सुरुमै ८/१० मिनेट आफ्नो म..म..म.. बकबकाइ सकेपछि मात्र पाहुनाको अनुहार देखाउँछन् ।
उनी केरकार शाखाका ईन्स्पेक्टर ठानेर नो टकिङ्ग-सकिङ्ग, नो लजिक-सजिक, नो छलफल-सलफल, बरु सुरुमै लौ ठ्याक्कै भन्नुहोस् भनेर धम्क्याउँछन् ।

तर यो हर्कत बौद्धिक समाजले नपचाए पनि ऋषिको फूलमा मह चुस्न सबै नेताहरु सदैव दौरा-सुरुवाल या सुट लगाएर फोन पर्खिरहेका हुन्छन् । आफैलाई बेकुफ बनाएको या गाली गरेको या अपमान गरेको आदी कुनै पनि कुरा सम्पादन र पालिस या कोही शक्तिशालिलाई मालिस नगरी जस्ताकोतस्तै प्रदर्शन गर्ने एक मात्र इमान्दार ब्यक्ती यिनी मात्र हुन् कि ?

तेरिया मगर र ज्योति मगरले त ऋषिको झांक्रै उतारेको दृश्य पनि सार्वजनिक गरेका छन्, जुन युट्युबमा अझै पनि पाइन्छ । तर महिलालाई सोध्ने यिनका केही सवाल र प्रसङ्ग मा भने यिनी गलत र असभ्य भएकै छन् । पस्चिमा र अमेरिकी सञ्चारमा पनि यसरी सोधिन्न । यो रहस्य के हो जनता जान्न चाहन्छन् ।

साहित्यकार थापाले कृपया कसैले सेर गरेर प्रिय मित्र ऋषी धमला र एलिजा गौतम समक्ष पुर्याईदिन समेत अनुरोध गरेका छन् ।

स्मरण रहोस्, उनै पत्रकार धमलापत्नी एलिजा गौतमले साहित्यकार थापाको रचना र राजनराज शिवाकोटीको सङ्गीत तथा रेखा ढुङ्गाना कटवालको स्वर भएको घाँसको माया गाईलाई गीतको म्युजिक भिडियोमा दुर्गेस थापासङ्ग अभिनय समेत गरेकी छिन् ।

स्रोत: साहित्यकार थापाको फेसबुक पेज

 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…