नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँमा, संविधान जारी हुनासाथ जलाउनेहरू पनि महतो नै थिए

काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’

उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।

जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।

केही तथ्यहरु 

१. नाकाबन्दीका मुख्य नाइके उपेन्द्र यादव र राजेन्द्र महतो थिए ! सीमामा बसेर घरभित्र ढुङ्गा हान्नेहरू तिनै थिए र तिनले आफै सगर्व त्यो घोषणा गरेका थिए !

. संविधान जारी हुनासाथ जलाउनेहरू पनि तिनै थिए । तिनले भारतलाई यो संविधान मधेशविरोधी छ भनेर कन्भिन्स गर्दै हारगुहार गरेकाले नाकाबन्दी भएको सर्वविदितै छ । विरोधको मुख्य मुद्दा नागरिकता थियो ।

३. पछिल्लो चुनाबमा जनताले नाकाबन्दीको विरोधमा नेकपालाई बहुमत दिए र क्षेत्रीय तथा जातिवादी दललाई हराइदिए ।

४. कसको चाह र इच्छा थियो, त्यो उनै जानून्, तर नाकाबन्दीको सूत्रधार राजेन्द्र महतोलाई ओलीले व्यक्तिगत रूपमैं चुनाब जिताइदिएपछि शङ्काको सुविधा धेरैलाई उत्पन्न भयो ।

५. नेकपासँग बहुमत हुँदाहुँदै अर्का नाइके उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएपछि त्यसको पछाडि कसको इच्छाले काम गरेको छ भन्ने शङ्का झन ठूलो भयो ।

६. भारतले नाकाबन्दीका लागि माफी त टाढा भयो, स्वीकारसम्म नगर्दै मोदीको नागरिक अभिनन्दन गर्ने काम भयो । संसारमा बिरलै देख्न पाइने दृश्य नेपालमा देखियो । ओली मोदीकै जस्तो ड्रेस लगाएर जनकपुर झरे र विकासको चाबी हस्तान्तरण गरे ।

७. अझ रोचक त के रह्यो भने मोदी भ्रमणको भव्यता स्वरूप तत्कालीन साझा विवेकशीलको पार्टी कार्यालयमा टाँगिएको नाकाबन्दीसम्बन्धी ब्यानरसमेत प्रहरीले जबर्जस्ती झिक्यो । त्यसमा आपत्तिजनक केही लेखिएको थिएन । “मोदीलाई नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौं” भन्ने ब्यानर कुनै पनि लोकतान्त्रिक देशमा असभ्य र गैरकानुनी हुन्नथ्यो । नेपालमा भयो । त्यो हदसम्मको भक्तिभाव जरूरी नभएको धेरैलाई लागेको थियो ।

८. बाबुराम भट्टराईसँग नजिक आएपछि उपेन्द्र यादवको दिल्ली कनेक्शन कमजोर भयो । बाबुरामको जेएनयू डक्ट्रिन र अहिलेको भारतीय सत्ता परस्पर विरोधी धारका हुन् । ठाकुर र महतोकोको कनेक्शन बलियो बन्दै गयो । उपेन्द्र सरकारबाटै आउट भए । किन आए र किन गए भन्ने औचित्य बताउनु जरूरी ठानिएन ।

. सुरक्षा चासो मुख्य भए पनि भारतको तत्कालीन र दीर्घकालीन चासो नेपाली पानी र गिटी बालुवामाथि रहेको विदित नै छ । कोशीमा उच्च बाँध बाँध्नेदेखि नेपाली गिटी बालुवा आयात गर्ने मुद्दाहरू त्यहाँ धेरै अघि उठ्दै आएका पनि छन् । मधेशी दलले उठाएको नागरिकतासम्बन्धी मागमा पनि भारतको चासो देखिन्छ । यी सबै संसदबाट पार लगाउन सजिलो थिएन ।

१०. नेकपा सिङ्गो हुनु, चीन खुलेर नेकपाको विवाद समाधान गर्न लागि पर्नु, खुलेर पार्टीको प्रशिक्षण नै बेजिंगबाट सुरु हुनु जस्ता कुराले भारत आवश्यकताभन्दा बढ़ी झस्कियो । उसलाई नेकपा फुटाउनु र विश्वास पात्र ठाकुरलाई सत्तानजिक लैजानु जरूरी देखियो । अन्यभन्दा ओली नै यसका लागि योग्य देखिए ।

११. सामन्त गोयल काठमाडौं आए । यसअघिका नेताले नभेट्ने भन्ने त कत्ति होइन, तर कुनै होटेलमा लुकेर भेट्ने परम्परा थियो । यसपटक बालुवाटार नै छिर्ने कन्फिडेन्स देखियो । त्यसपछि संसद विघटनदेखि मुद्दा फिर्ता र आफैले चर्को विरोध गरेको नागरिकता सम्बन्धमा के भयो भन्ने लेख्ने जिम्मा तपाईंको !

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…