राजेन्द्र महत्तोले शपथ लिएको आधा घण्टामै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने भनेपछि वामदेव आक्रोशित

काठमाडौं । नेकपा (एमाले) नेता वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेपाल सरकारका उपप्रधानमन्त्री महतोले संविधान विपरीत काम गर्ने छैन भन्दै शपथ लिएको आधा घण्टामै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलनको कुरा गरेको भन्दै गौतमले आपत्ति जनाएका हुन्।

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु’, गौतमले भनेका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले महतोको यो कुराले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै संविधानको धारा ३ मा नेपाल अनेकौं विशेषता सहितको राष्ट्र भएको उल्लेख गरेको सम्झना गरेका छन्। गौतमले संविधानको धारा ४ मा अनेकौ विशेषतासहितको नेपाल राज्य भनेको उल्लेख गर्दै नेपाल एउटा मात्र राज्य भएको प्रष्ट पारेका छन्।

‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो’, गौतमले फेसबुकमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन।’

नेता महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने भन्दै उनले आपत्ति जनाएका हुन्। गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य नहुने प्रष्ट पारेका छन्। उनले यो मागको विरोध र अस्वीकार मात्र गर्न सकिने उल्लेख गरेका छन्। ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन’, उनले थप लेखेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ।’

यो विषयमा प्रधानमन्त्री केपी ओलीले अनविज्ञता प्रकट गरेकोप्रति समेत आफू चकित परेको गौतमको भनाइ छ। शनिबार सामाजिक सञ्जाल फेसबुमा उपप्रधानमन्त्री गौतमको अभिव्यक्तिप्रति गौतमले आपत्ति जनाएका हुन्।

‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु’, उनले थप भनेका छन्।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…