राजेन्द्र महतोलाई राज्यद्रोह मुद्धा लगाएर देश निकाला गर्न माग

काठमाडौँ  । चलाउ सरकारले पछिल्लो समय मन्त्रीपरिषद् विस्तार गरेको घटनाप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण जनाएको हो।

सम्मानित सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा यसरी सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम भएको नयाँ पार्टी ,नेपालको ठहर छ ।

साथै वर्तमान सरकारका उप-प्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्ने क्रममा नेपालमा बहुराष्ट्रिय राज्य प्राप्तिको लागि मुक्ति आन्दोलन गर्नु पर्ने भन्ने भनाई प्रति सो पार्टीले आपत्ति प्रकट गरेको छ।

”महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ।

अन्यथा जनताले जनताको तर्फवाट आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ।

 

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…