मन्त्री पद पाएपछि मख्ख पर्दै महासेठले भने – बल्ल देशले भनेजस्तो मन्त्री पायो, अब कायापलट गर्छु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवम् रक्षा मन्त्रीमा नियुक्त गरेका छन् । ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीमा नियुक्त गरेका हुन् ।

मनत्रीमा नियुक्त भएपछि नेता महासेठले आफू देशको आवश्यकताअनुसार उपप्रधान तथा परराष्ट्र मन्त्री बन्न लागेको जानकारी दिए । । ‘प्रधानमन्त्रीले देशको आवश्यकताअनुसार मलाई नियुक्त गर्ने जानकारी आयो, शपथको तयारी गर्दैछु’, महासेठले भने । उनले अब कायापलट हुनेगरी काम गर्ने समेत बताए ।

यस्तै प्रधानमन्त्री ओलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिएका छन् । नेता तामाङले प्रधानमन्त्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको र यसलाई चुनौती र अवसर दुवैको रूपमा लिएको बताए ।

‘यस्तो बेलामा मन्त्री बन्नु भनेको अवसर र चुनौती दुवै हो, उहाँले मेरो आवश्यकता ठानेर त्यो ठाउँ दिनुभयो भने मैले पनि जिम्मेवारी पूरा गर्नको लागि डटेर लाग्नुपर्छ’, तामाङले भने । प्रधानमन्त्री ओलीले शुक्रवार जसपाका १० नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् । नयाँ मन्त्रिमण्डल हेरफेरसँगै एमालेका ४ जना बाहेक सबै मन्त्रीहरु पदमुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।

खोसियो वनमन्त्री प्रेम आलेको मन्त्री पद – जनता समाजवादी पार्टी जसपाका १० नेताले मन्त्री पदमा नियुक्त भएसँगै पछिल्लो समय चर्चामा आएका बनमन्त्री प्रेम खालेको मन्त्री पद खोसिएको छ ।

पछिल्लो समय वनमन्त्री रहेका आले निकै विवादमा आएका थिए । वनसम्बन्धी एक परियोजनाको निम्ती एक अर्ब घूस दिने निम्तो आएको, यो सरकार जनमुखी नभएको लगायतका उनका बोलीबचनले उनी विवादित भए । उनी सबैभन्दा बढी विवादमा आएको भनेको उनले रुखले ‘कार्बनडाइअक्साड, मान्छेले अक्सिजान दिन्छ’ भन्ने अभिब्यक्तिले हो ।

उनको त्यो अभिव्यक्तिको चौतर्फी आलोचना मात्र भएन धेरैले सामाजिक सञ्जालमा खिल्ली उडाएका थिए । उनले विवादमा परिरहने शैलीको कारण प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट रहेको स्रोत बताउँछ ।

यस्तो छ अबको मन्त्रिपरिषद्: प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन, विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ, राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास , रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र, शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा, बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात, लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला ।

शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा, अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई, विमल श्रीवास्तव : श्रम तथा रोजगार, उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण, लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था, चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद, चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा, रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…