चन्दा चौधरी बनिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

२२ जेठ,काठमाडौँ।  प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरे । ओलीले एमालेका दुई र जनता समाजवादी पार्टी (जसपा) का ७ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे । जसपाबाट मन्त्री हुनेमा चन्दा चौधरी एक हुन् । पूर्वराजपाकी महासचिवसमेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

एक समय एमाले सांसद गंगा चौधरी सत्गौवाले चन्दा चौधरीलाई लक्षित गर्दै ‘नेपालको संसदमा भारतीय चेलीको दादागिरी’ चलेको अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै चन्दाले संसदमा नियमापत्ति गरिन् र रेकर्डबाट उक्त शब्द हटाउन सभामुख अग्नि सापकोटासँग माग गरिन् ।

चन्दाले संसदमा हिन्दीमा सम्बोधन गरेको विषयमा गंगाले आपत्ति जनाएकी थिइन् । नेपालको संसदमा हिन्दी बोल्ने परम्परा २०४८ सालको संसददेखि नै चल्दै आएको प्रष्टीकरण चन्दाको थियो । उनले धेरै नेपालीले भारतीय चेलीसँग विवाह गरेको भन्दै आफू भारतमा जन्मिएको तर, हाल नेपाली भएको बताइन् ।

सरकारमा गएर बाँकी काम गर्छौं : महतो

सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री नियुक्त महतोले कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै आफूले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताए ।

‘हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।’

उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए । उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दाबी गरे । ‘पार्टीको मूल प्रवाह भनेको हामी हो । हामीसँग ७० प्रतिशत पकड छ,’ उनले भने । उनले आफूहरु सरकारमा जाँदा पार्टी नफुट्ने र जसपा नै रहने दाबी गरे ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजै साँझ उपप्रधानमन्त्रीको शपथ लिँदैछन् । आजै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको पार्टीको समझदारी भएपछि जसपाका ८ मन्त्री र २ राज्यमन्त्री हुने तय भएको हो । आजै साँझ नवनियुक्त मन्त्रीहरुको शपथ हुँदैछ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…