डिशहोमका ग्राहकलाई अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट पाउने

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । डिशहोमको लाइफस्टाइल एचडी प्याकेजका ग्राहकले मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका हुन् ।

डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले २५ एमबीपीएसको डिशहोम फाइबर नेट मासिक २३३ रूपैयाँमा पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

‘अहिले लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले त्यसमा मासिक २३३ रूपैयाँ थपेर २५ एमबीपीएसको इन्टरनेट पाउने छन् ।’

सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा मासिक २३३ रूपैयाँ डिशहोमको फाइबर नेट पाउने छन् । हाल २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने उनले बताए ।

लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका सबै एचडी तथा एसडी च्यानल हेर्न सकिन्छ । अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको सापकोटाले बताए ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले जानकारी दिए ।

डिशहोम प्रयोग गरिरहेका ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । आइसिटी समाचार

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…