गोकर्ण विष्टको स्पष्ट सन्देश : म माधव नेपाल पक्षमै छुँ

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयासरत रहने बताएका छन्। एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएको भन्दै उनले आपत्ति जनाए। एमाले संस्थापन ‘पक्ष’मा लागेको भन्दै प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका हुन्।

नेता विष्टले समाजिक सञ्जालमार्फत आफू नेता माधवकुमार नेपाल पक्षमै रहेको सन्देश दिएका हुन्। उनले पार्टी एकता गर्न अन्तिमसम्म आफू लागिरहने बताए। विष्टले एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउने प्रतिक्रिया दिएका छन्। पार्टी पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास भएकाले एकता गर्न निरन्तर प्रयत्नशील रहेको धारणा राखेका छन्।

‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो।’ विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौं। अन्तिमसम्म लागिरहनेछौं। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।’

समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल पक्षमा दुई धार देखिएको छ। दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन्। पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताले पार्टी एकतामा जोड दिएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता र उनीहरुबीच छलफल भइरहेको छ। उनीहरूले सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग सघन छलफल चलाइरहेका हुन्। माधव नेपाल पक्ष बिहीबार आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। पार्टी एकताकै लागि भनेर एमाले स्थायी कमिटी बैठक बुधबार पनि सरेको छ।

माधव पक्षले बैठक बोलाएपछि सत्तारूढ नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामांगले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेका छन्। तामाङले पार्टी केन्द्रीय कमिटीका सदस्यलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन आह्वान गरेका हुन्।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…