इजरायली सत्ताबाट नेतान्याहु बाहिरिने पक्का, दक्षिणपन्थी पार्टीका नेता नेफ्टाली नयाँ प्रधानमन्त्री बन्दै

काठमाडौँ । इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै १२ वर्षदेखि इजरायलको सत्तामा रहेका नेतान्याहु बाहिरिने पक्का भएको छ । सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् ।

गत मार्चमा भएको चुनावमा इजरायलमा नेतान्याहुको लिकुड पार्टीसहित कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । कसैलाई बहुमत प्राप्त नभएपछि लिकुड पार्टीलाई जुन २ सम्म बहमुत सावित गर्न आह्वान भएको थियो । तर नेतान्याहुले उक्त समयसीमाभित्र बहुमत जुटाउन सकेनन् । इजरायलमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेका कारण गत दुई वर्षमा चार पटक चुनाव भइसकेको छ ।

१२० सिट रहेको इजरायली संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ । यदि यस पटक पनि कसैले बहुमत प्राप्त नगरेको भए इजरायलमा दुई वर्षमा ५औं पटक आम चुनाव हुन्थ्यो ।

राष्ट्रपति रुवेन रिवलिनले तत्काल संसद्को अधिवेशन बोलाएर विश्वासको मत लिने काम अघि बढाउन संसद्लाई आग्रह गरेका छन् ।

इजरायलको नयाँ गठबन्धनमा वैचारिक हिसाबले विपरीत प्रकारका पार्टी सामेल छन् । तर उनीहरुले नेतान्याहुको शासन अन्त्य गर्नका लागि एक ठाउँमा उभिएको बताएका छन् । नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी धारका पार्टी समावेश छन् ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने गठबन्धन सरकार बनाउने प्रयासलाई ‘शताब्दीकै सबैभन्दा ठूलो छल’ भनेका छन् । नयाँ सरकार बनेमा इजरायलको सुरक्षा र भविष्य नै खतरामा पर्ने उनको भनाइ छन् । ७१ वर्षीय नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता हुन् । पछिल्लो एक दशकदेखि इजरायली राजनीतिमा उनकै मात्र दबदबा थियो । तर उनीमाथि भ्रष्टाचार र चुनावमा धाँधली गरेको आरोप भने लाग्दै आएको छ ।

निसेटमा नेतान्याहुको लिकुड पार्टीको ३० सिट रहेको छ भने दोस्रो ठूलो पार्टी येश एटिडको १७ सिट रहेको छ । विश्वासको मत लिँदासम्म सबै दल एकजुट भए उनीहरुको पंक्षमा बहुमत ६२ सांसद हुनेछन् ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…