वीर्य दानबाट जन्मिएकी युवतिले खोजेर भेटाइन आफ्ना ६३ भाइ बहिनी !

अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन । वीर्य दान बाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घटना पछि आफ्ना दाजु भाइ दिदी बहिनीहरू खोज्ने निर्णय गरिन । उनी समलिङी जोडी की सन्तान हुन ।

द मिरर सँग कुरा गर्दै २३ वर्षकी कियानी भन्छिन् जब म चार वर्षकी थिए मैले आफ्नो वार परीका अरू बच्चाहरूलाई नियाल्न थाले , उनीहरू सबैका अभिभावकका रूपमा आमा बुवाहरू घरमा हुन्थे । तर , म सँग दुई जना आमाहरू थिए ।

मलाई आफ्नो बाबुको बारेमा केही कुरा मात्र थाहा थियो , उनलाई खेलकुद र पेन्टिङ अति मन पर्थ्यो म पनि पेन्टिङ गरिरहन्थे र सर्फिङ खेल्न गइरहन्थे । मेरा आमाहरूलाई यी कुरामा खासै रुचि थिएन । मैले मेरो बाबु बाट अरू के के कुरा पाएकी छु भन्ने कुरा दिमागमा बारम्बार आउन थाल्यो । कयौँ वर्ष मैले फादर्स डे मा आफ्ना बाबुको लागी कार्ड बनाइ राखे , स्पर्म डोनेसन बाट जन्मिएका सन्तानले आफ्ना बाबु भेट्न पाउदैनन ।

कियानीले एउटा कम्पनीको लागी स्पर्म डोनरको विज्ञापनमा काम गर्ने मौका पाइन , उनलाई देखे पछि उनका बाबुले पनि मन बादले र आफ्नो प्रोफाइल सार्वजनिक गरे । १८ वर्ष पुगे पछि उनी आफ्नो बाबु सँग भेट गर्न सक्ने भइन । १८ वर्ष नपुग्दै उनी आफ्ना भाइ बहिनी खोज्न सक्ने भइन । उनले स्पर्म बैङ्क सँग रेकर्ड लिएर आफ्ना भाइ बहिनीको खोजी गर्न थालिन ।

उनी भन्छिन् १५ वर्षको हुँदा मैले मेरा दुई जुम्ल्याहा बहिनीहरू भेटाए उनकी आमाले नै मलाई खोजेकी थिइन ,उनीहरू म भन्दा साना थिए । उनीहरू सँग केही समय बिताइ सकेपछि मलाई अत्यन्तै रमाइलो अनुभूति भयो र मैले बाँकी भाइ बहिनीहरूलाई खोज्ने बिचार गरे ।

अहिले मैले ६३ जना दाजुभाइ दिदीबहिनी लाई भेटाइ सकेकी छु । उनीहरू क्यानडा , अमेरिका , अस्ट्रेलिया र न्युजिल्यान्ड सम्म फैलिएका छन् । मेरो सहर फ्लोरिडामा मात्रा हामी १२ भाइ बहिनी छौ । कोरोना प्रभाव सकिए पछि फेरी एक पटक भाइ बहिनीको खोजीमा निस्कने बिचार छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…