प्रदेश २ मा मुख्यमन्त्री राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा

काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टीभित्रको विवादको असर प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा सरकार ढाल्ने प्रयास सुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेका हुन् । सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ । त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत बनाउन सक्रिय छन् ।

प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर मनिष सुमन नेता बन्न लागिपरेका छन् । जसपा प्रदेश २ को संसदीय दलको नेताको हैसियतले राउत मुख्यमन्त्री छन् ।

जसपा विभाजित भइसकेको छ र औपचारिक फुटको मात्र घोषणा हुन बाँकी छ । सुमन ठाकुर पक्षमा छन् । मुख्यमन्त्री राउन उपेन्द्र यादव समूहमा छन् ।

जसपाको औपचारिक विभाज भएमा प्रदेश २ मा सत्ता समिकरण परिवर्तन हुनसक्ने सम्भावना छ । मनिष सुमनलाई नेकपा एमालेको साथ हुनसक्छ । मुख्यमन्त्री राउतलाई काँग्रेस र एमालेको माधव नेपाल समूहको साथ हुनसक्छ । सुमनले एमालेबाट साथ पाउने ग्रिन सिग्नल पाइसकेको बुझिएको छ । त्यसैले उनी अगाडि बढ्न खोजिरहेका छन् । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर ओलीलाई साथ दिइरहेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव ओलीविरोधी गठबन्धनमा छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…