दैनिक एक गिलास दूध पिउँदा हर्ट एट्याक्ट र स्ट्रोकको जोखिम कम

बिहानदेखि बेलुकासम्ममा हामी कुनै न कुनै रूपमा दूध प्रयोग गरिरहेका हुन्छौँ । केही अध्ययनले दूधको अत्यधिक प्रयोग शरीरका लागि हानिकारक हुने तथ्य पनि सार्वजनिक गरेका छन् भने कतिपयले दूधले शरीरमा खराबीभन्दा धेरै फाइदा गर्ने जनाएका छन् ।

यसैबीच बेलायतको रिडिङ युनिर्भसिटीले हालै गरेको एक अध्ययनअनुसार दैनिक एक गिलास दूध पिउँदा गम्भीर प्रकारका रोगहरू लाग्ने सम्भावना १४ प्रतिशतले कमी हुन्छ । नियमित दैनिक एक गिलास दूध पिउने व्यक्तिमा हर्ट एट्याक्ट तथा स्ट्रोकको जोखिम निकै कम हुन्छ । तर, दूध पिउने समय भने सबै एउटै समय बनाउनुपर्छ । यस्तो रुटिङ बनाएर दूध पिउँदा शरीरमा कोलेस्ट्रोलको स्तर कम हुन्छ ।

कोलेस्ट्रोल स्तर कम हुँदा, हर्ट एट्याक्टको सम्भावना न्यून हुन जान्छ । हर्ट एट्याक्ट हुनुको प्रमुख कारण कोलेस्ट्रोलको स्तर बढ्नु पनि हो । कोलेस्ट्रोल बढ्दा शरीरमा रगत सञ्चालनमा समस्या आउँछ । कतिपय अवस्थामा रगतमा ब्लकेज हुँदा पनि हर्ट एट्याक्ट हुन्छ । यसकारण रिडिङ युनिर्भसिटीका शोधकर्ताहरूले नियमित एक गिलास दूध पिउन सल्लाह दिएका छन् ।

युनिर्भसिटीले बेलायत र अमेरिकाका २० लाखभन्दा बढी व्यक्तिमाथि महिनौँ लगाएर अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा एक गिलास दूध पिउँदाका फाइदा पत्ता लागेकोे जनाएको छ । युनिर्भसिटीका प्रोफेसर तथा शोधकर्ता विमल करणीले नियमित एक गिलास दूध पिउने व्यक्तिको शरीरमा धेरै परिवर्तन भएको बताएका छन् । ‘नियमित दूध पिउने व्यक्तिको शरीरमा धेरै परिवर्तन पायौँ, खराब गर्नेभन्दा पनि धेरै फाइदा पुग्ने देखिएको छ,’ प्रोफेसर विमलले भने, ‘मुख्यतः कोलेस्ट्रोल निकै कम देखिएको छ ।’

प्रोफेसर विमलले दूध सेवन गर्दा शरीरमा बिएमआई तत्व परिवर्तन भएको बताएका छन् । उनले कृषि फार्मको भन्दा पनि डेरीबाट उत्पादित दूध सेवन गर्न सुझाब दिएका छन् । ‘डेरीमा उत्पादित दूधले शरीरमा अझै धेरै फाइदा पुर्‍याउँछ,’ उनले भने ।

अनुसन्धानको क्रममै धेरै दूध पिउँदा मधुमेह रोग लाग्ने प्रतिक्रियासमेत आएको उनले बताए । तर, दूध पिउने र मधुमेह रोगबीच केही सम्बन्ध नभएको उनको भनाइ छ । ‘दूध धेरै पिउँदा मधुमेह रोग लाग्नेबारे अनुसन्धानमा केही देखिएन,’ उनले भने, ‘हाम्रो शरीरलाई अतिआवश्यक पर्ने तत्वमध्ये दूध पनि पर्छ, दूधले हड्डी बलियो पार्ने मद्दत गर्छ, किनभने हामीलाई भिटामिन र प्रोटिन आवश्यक पर्छ, जुन दुवै दूधमा पाइन्छ ।’एजेन्सीहरूको सहयोगमा

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…