निकासी फुकुवाले यसरी हुनेछ चुरे तहसनहस : सरकार भन्छ, विरोध गर्ने सबै विकास विरोधी हुन् 

काठमाडौँ । चुरे क्षेत्र संरक्षणका लागि दातृ निकायबाट समेत रकम जुटाएर अर्बौं रुपैयाँ खर्चमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला सरकारले दोहन बढ्ने गरी ढुंगा, गिट्टी र बालुवाको निकासी खुला गरेको भन्दै राजनीतिक दल, विषयविज्ञ र सरकारी अधिकारीहरूले आपत्ति जनाएका छन् ।

निर्माणजन्य सामग्री निकासी फुकुवाले चुरे क्षेत्र तहसनहस हुने र तराई–मधेस मरुभूमि बन्ने उनीहरूले तर्क गरेका छन् । आत्मघाती र मुलुक हितविपरीतको यो निर्णय फिर्ता गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ बनाउन खटिएका वनविज्ञ विनोद भट्टले सरकारले दोहोरो चरित्र देखाएको टिप्पणी गरे । ‘एकातिर चुरे विनाश भयो, त्यसलाई रोक्नुपर्छ भनेर सरकारले बर्सेनि रकम खर्च गरिरहेको छ,’ उनले भने, ‘अर्कोतिर त्यही चुरेलाई असर पुग्ने गरी हचुवामा ढुंगा, गिट्टी र बालुवा निकासी खोल्ने निर्णय गरेको छ ।’ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भनिएको छ । यो निर्णयले चुरे र भावर क्षेत्रको पानीको भण्डारण विनाश हुने र संरक्षणका लागि अहिलेसम्म गरिएको लगानी खेर जाने विज्ञहरूको भनाइ छ ।

वन मन्त्रालयका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले निर्माणजन्य सामग्री निकासी खुला गरेपछि दातृ निकायहरूमै अविश्वास पैदा हुने बताए । ‘चुरे क्षेत्रको जोखिम घटाउँछु भन्ने कसम खाएर रकम ल्याउने अनि सबै बिर्सेर आफूखुसी निर्णय गर्दा दातृ निकायहरूले के आधारमा विश्वास गर्छन् ?’ उनले भने । चुरे दोहन अत्यधिक भएको निष्कर्षकै आधारमा सरकारले २०७१ साउन १ देखि ढुंगा, गिट्टी र बालुवा निकासी बन्द गरेको थियो । सरकारले चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम गरिरहेको छ ।

चुरे विनासको पक्षमा लुम्बिनीका मुख्यमन्त्री 

गिट्टी–बालुवा निकासी खोल्ने संघीय सरकारको घोषणाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बचाउ गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले केही दिनअघि बजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले यस विषयमा केन्द्र सरकारलाई पहिल्यैदखि ध्यानार्षण गरिँदै आएको जनाउँदै यसरी खानी परिचालन गर्दा सडक यातायातमा असर पर्न नदिने गरी रेपवेको प्रयोग गर्न दिने नीति सरकारले अघि सारेको उल्लेख गरेका छन् । उनले चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमका रूपमा यस्तो सोचलाई आत्मसात् गर्न पनि आग्रह गरेका छन् ।

‘बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी खोलाको ढुंगा, बालुवा वा चुरे उत्खनन गरी निकासी गर्न अनुमति दिने भनेको होइन । यस क्षेत्रबाट प्राप्त हुने निर्माण सामग्रीको नेपालमै अभाव छ । सरकारले अघि सार्न खोजेको वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्याई विकासी गर्न अनुमति दिने हो,’ उनले लेखेका छन् ।

यसबाट चुरेमा हुने अवैध उत्खनन रोकिन गई तराईको खेतीयोग्य जमिनको सुरक्षा हुने र नेपालको व्यापार घाटा कम गर्नसमेत मद्दत पुग्ने उनले जनाएका छन् । ‘तसर्थ यस्तो विषयलाई चुरे क्षेत्रको विनाशसँग जोडेर भ्रम सिर्जना नगरौं । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमका रूपमा यस सोचलाई आत्मसात् गरौं,’ पोखरेलले लेखेका छन् ।

अर्थमन्त्री पौडेलले बजेट किताबको १९९ नम्बर बुँदामा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेका छन् । सरकारको यो घोषणालाई वातावरणविद् र चुरे क्षेत्रका सरोकारवालाहरुले विरोध गरिरहेका छन् । चर्को आलोचना र विरोध भएपछि मुख्यमन्त्री पोखरेलले सरकारको घोषणाको बचाउ गर्दै प्रदेश सरकारको पनि समर्थन रहेको बताएका हुन् । यसअघि लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण नगरी निरन्तर ढुंगा खस्ने डाँडा नै काटेर माथि बस्ती बसाउने र तल सडक बनाउने योजनासहितको प्रस्ताव संघीय सरकारलाई पठाएको थियो ।

विरोध गर्नेहरू विकास विरोधी हुन् : डा. राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले तराईको चुरे क्षेत्रलाई संरक्षण गरेर ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गरिने बताएका छन्। बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले मापदण्ड बनाएर प्रकृतिक स्रोत साधनलाई संरक्षण गर्ने पनि बताए। ढुंगा, गिट्टी, बालुवा विदेश निकासीको विरोध गर्नेहरूलाई उनले बजेट विरोधीको संज्ञा दिए।

डा.भट्टराईले तराईको बालुवा, गिट्टी, ढुंगा भारतलाई बेच्दा तराईको विकास हुने डुबान नहुने बताए। उनले मापदण्ड बनाएर बालुवा, गिट्टी र बालुवा निकालेर निकासी गरिने बताएका छन्।

साथै उनले कानून व्यवसायीहरूले सर्वोच्च अदालतको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन्। न्यायिक प्रक्रियामा बाहिरका व्यक्तिले दवाव सिर्जना गर्न नहुने उनले बताए।

केही कानून व्यवसायीहरूले संवैधानिक इजलास गठनका विषयमा प्रधानन्यायाधीशको आलोचना गरेका बेला प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा।भट्टाराईले अदालतको न्यायिक प्रक्रियामा सहयोग गर्नुपर्ने बताए।
डा.भट्टराईले विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गरे।

चुरेबाट व्यापार घाटा कम गर्ने योजना गम्भीर : माधव कुमार नेपाल

नेकपा (एमाले) बाट निश्काषित नेता माधव कुमार नेपालले चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गंभीर रहेकौ भन्दै सरकारको उक्त निर्णयको विरोध गरेका छन् सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो लेखेका हुन् ।

नेता नेपालले भनेका छन्-“सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ। बजेटमै– ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने दिने व्यवस्था मिलाएको छु’ भनि लेखेको छ । यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो ।”

चुरेबाट ढुंगा–गिट्टी निकासी गर्ने नीति कुर्सी बचाउन गरिएको जनविरोधी निर्णय : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत गरिएको नेपालको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय सच्चाउन माग गरेका छन् । व्यापार घाटा कम गर्ने नाममा भएको यस्तो निर्णयले तराईंलाई मरुभूमीकरण गर्ने उनको आरोप छ ।

बिहीवार सामाजिक सञ्जाल फेसबूकमा छोटो सन्देश लेख्दै प्रचण्डले सरकारले कुर्सी बचाउन राष्ट्र र जनविरोधी निर्णय लिएको आरोप लगाएका हुन् । सरकारले बजेटमा निर्माण सामग्री अभाव हुन नदिन रोकिएको नदीजन्य पदार्थ उत्खनन गर्न दिने नीति लिएको थियो ।

‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ प्रचण्डले भनेका छन् । ढुंगा, गिटी निकासीबारे विरोध भएपछि अर्थ मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी मापदण्ड विपरीत उत्खनन नहुने स्पष्ट गरेको थियो ।

चुरेको ढुङ्गा, गिट्टी, बालुवा निकासी नीतिगत भ्रष्टाचार  : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर नीतिगत भ्रष्टाचार गरिएको बताएका छन् ।

बुधबार विहान थापाले ट्वीटरमा लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम’ घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ। ‘यो नीतिगत भ्रष्टाचार हो।’

आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको थापाको भनाइ छ । ‘चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ,’ उनले भने ।

आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न थापाको आह्वान छ । ‘अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु,’ उनले लेखेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…