केपी ओलीको चाहना : भीम रावल र माधव नेपाललाई बाहिर राखेर एकता गर्ने

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललगायतका केही नेताहरुलाई मात्रै बाहिर राखेर पार्टी एकता गर्ने पक्षमा पुगेका छन् । नेता नेपाल र रावललाई यसअघि नै उनले पार्टीबाट निश्काषन गरिसकेका छन् ।

पछिल्लो समय ओलीले आफूले स्पष्टीकरण सोधेका १२ जना सांसदलाई कारबाही भने गरेका छैनन् । ती १२ जना सांसदसँग उनले व्यक्तिगत रुपमा डिल गरेको पाईएको छ । यो बीचमा उनले नेपाल पक्षका नेताहरुलाई बालुवाटार बोलाएर एकताको लागि प्रयास गर्न सुझाएका छन् ।

तर, माधव नेपाल, झलनाथ खनाल र भीम रावललाई बाहिर राखेर मात्रै एकता गर्न सकिने उनको प्रस्ताव छ । प्रतिनिधिसभा विघटन गरेपछि ओली राष्टिय राजनीतिमा दबाब र घेराबन्दीमा छन् ।

मन्त्रीहरुले नै आफ्नो कदमको बचाउ गर्न नसकेको उनको गुनासो रहँदै आएको छ । एमाले विभाजन कसैको पनि हितमा नहुने भन्दै उनी पक्षधर नेताहरुले एकताको लागि हदैसम्मको लचकता अपनाउन सुझाव दिएका छन् ।

सोहीअनुसार उनले पनि एकपटक इमानदार प्रयास गर्न आफू पक्षधर नेताहरुलाई भनेका छन् । ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि वार्ता भैरहेको खबर छन् । तर, वार्ता अझैपनि सकारात्मक हुन सकेको छैन् ।

अध्यक्ष ओलीले अब एकता नै गर्दा माधव नेपाल, झलनाथ खनाल र भीम रावलबाहेकको एकता गर्ने बताउन थालेको पनि बुझिएको छ। पार्टीमा विकृति र विसंगति भित्र्याउन हदैसम्मको भूमिका खेलेको भन्दै माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितको एकता ओलीले चाहेको उनीनिकट नेताहरुको भनाई छ ।

यता, नेता नेपालले अब छुट्टै पार्टी गठन गर्ने तयारी थालेका छन् । यसको लागि उनले आफूनिकट नेताहरुसँग परामर्शसमेत थालेको बुझिएको छ । उनले अब आफूहरु धेरै अघि बढिसकेकोले ब्याक हुन नहुने धारणा राख्न थालेका छन् । ओलीले एकताको नाममा आफूहरुलाई भुल्याउनमात्रै खोजेको नेता नेपालको दाबी छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…