विदेशबाट आउदै हुनुहुन्छ ? यी दुई दर्जन घरायसी सामाग्रीमा घट्यो भन्सार महशुल

देशमा विद्युत उत्पादन बढ्दै गएको भन्दै सरकारले विद्युतीय सामाग्रीको भन्सार घटाएको छ । आर्थिक अध्यादेश २०७८ ले झण्डै दुई दर्जन विद्युतीय सामग्रीमा भन्सार घटाइएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न विद्युतीय सामग्रीको भन्सार घटाएको हो ।

दैनिक उपयोग हुने विद्युतीय सामग्रीको भन्सार घटाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । दैनिक रूपमा प्रयोग हुने वस्तुको भन्सार घटाउँदा सस्तो हुने र खपत बढ्ने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले आर्थिक अध्यादेशमार्फत विद्युतीय पंखा र पार्टपुर्जाको भन्सार १० प्रतिशत बनाएको छ । यो पहिलेको भन्दा ५ प्रतिशत घटाएको हो । यसअघि यी सामग्रीको भन्सार १५ प्रतिशत थियो । यसैगरी, रेफ्रिजेरेटर तथा फ्रिजको पनि ५ प्रतिशत भन्सार घटाइएको छ । यसअघि यी वस्तुको भन्सार २० प्रतिशत थियो ।

डिसवासिङ मेसिनको पनि १० प्रतिशत भन्सार घटाइएको छ । यसअघि ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने थियो । मिक्सर, ग्राइन्डर तथा जुसरको भन्सार पनि १५ बाट १० प्रतिशतमा झारिएको छ । अर्थ मन्त्रालयले पानी तताउने मेसिन, कपाल सुकाउने मेसिन, आइरन, माइक्रोवेव ओभनको भन्सार १५ बाट १० प्रतिशतमा झारेको छ ।

इन्डक्सन चुलोको भन्सार पनि ५ बाट १ प्रतिशतमा झारिएको छ । राइसकुकर, पानी तताउने केट्ली, कफी तथा चिया बनाउने मेसिन, टोस्टारलागयतका सामग्रीको पनि १५ बाट १० प्रतिशतमा झारिएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…