लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ : मन्त्री नेम्बाङ

काठमाडौं । निषेधाज्ञा (लकडाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने उनले बताए ।

उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’

यसैगरी केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको उनले बताए ।

नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था छ ।

उनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सात÷वटा अन्तर्राष्ट्रिय सम्मेलन (कन्भेसन)हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’

अन्य देशमा अपुग भएको अवस्थामा नेपाल पनि नदी नालाहरु रहेको र त्यहाँ पानी जहाज सञ्चालन गर्न सकिने उनले बताएका छन् । उनले भने, ‘कोशी, गण्डकी, नारायणी, कर्णाली नदी रहेका छन् । यी नदीहरुमा पनि निजी क्षेत्रबाट पनि जेटबोट÷जहाज चलाउन सकिनेबारे छलफल गरिरहेका छौँ । यसका लागि ठाउँठाउँमा टर्मिनल बनाउने, जेटबोटको कनेक्टेभिटी कहाँसम्म फैलाउनेभन्नेबारेमा भारतसँग पनि सहकार्य गर्न सक्छौँ ।’

यस विषयमा लकडाउनपछि अर्थात् आर्थिक वर्षभित्रै सबै कुराको चाँजोपाँजो मिलाउने पनि मन्त्री नेम्बाङले बताए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…