अब माधव नेपाल ब्याक नहुने

काठमाडौं, १९ जेठ । नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ ।

फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।

नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् ।

उनले रिपोर्टर्स नेपालसँग भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।’

माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।
ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।

माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ ।

नेपालनिकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठेपनि नेपालनिकट दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानिएको छ । यसैगरी, चुनावमा गठबन्धन बनाएर जाँदा ओलीले नराम्रो धक्का खाने सम्मको आँकलन गरिएको छ ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…