चीनले बनाउँदै छ हाइपरसोनिक विमान, पश्चिमा देशभन्दा २० वर्ष अगाडि हुने दावी

काठमाडौं । चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।

चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन लेक्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ । यसबाट चीन पश्चिमा देशहरुभन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।’

साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मिसाइलसहित हाइपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् ।

यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ । अर्थात् यो विमानबाट एक घण्टामा पृथ्वीलाई तीन चक्कर लगाउन सकिन्छ । पृथ्वीको ब्यास १२ हजार ७१४ किलोमिटर छ भने यस विमानको गति ३७ हजार १३ किलोमिटर हुने छ ।

चीनको हाइपरसोनिक एजेन्सी इन्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।

उनले भनेका छन्, ‘यो हावा हावा हुनेछैन जसबाट हामी सास लिन्छौं । हामी जुन उड्ने विमानको अध्ययन गरिरहेका छौं, त्यो हिलोमा पौडिएजस्तो हो ।’

उनका अनुसार यान्त्रिक कम्प्रेसरको उपयोग गर्नुको साटो बेइजिङले उच्च गतिको वायु प्रवाह उत्पन्न गर्नका लागि रासायनिक विष्फोटको उपयोग गर्नेछ । जेएफ–२२ मा इन्धन एक नियमित ग्यास स्टोभको तुलनामा १० करोड गुणा बढी तेजले जल्दछ र त्यसको शक्तिबाट विमान चल्दछ ।

अमेरिकामा सबैभन्दा उन्नत विण्ड टनेल LENS II मा ३० मिलिसेकेण्डसम्म उडान हुन्छ । यसको तुलनामा जेएफ–२२ को औसत उडान सिमुलेशन १३० मिलिसेकेण्डसम्म पुग्ने चिनियाँ वैज्ञानिकको भनाइ छ । गुइलईले भनेका छन्, हाम्रो अनुसन्धानको समय अन्य देशको तुलनामा लामो छ । त्यसैले यस विमानको मोडल उनीहरुकोभन्दा ठूलो हुनसक्छ र अनुसन्धान पनि उनीहरुको भन्दा उन्नत हुने छ । यसले विश्वमा चीनको अग्रणी स्थान निर्धारण गर्ने छ ।’

चीनको रकेट कार्यक्रमका पिता भनिने कियान जुसेनले सन् १९४६ मा पहिलोपटक ‘हाइपरसोनिक’ शव्द उल्लेख गरेका थिए । उनको अनुसन्धानमा वायु प्रवाहको गति ध्वनिको तुलनामा पाँच गुणा तेज पाइएको थियो ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…