दुई वर्षभित्र नेपाललाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने कृषिमन्त्री अर्यालको घोषणा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेकी छन् ।

विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले यस्तो बताइन् ।

‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौँ । प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गर्छौं’ मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् ।

उनले भनिन्, ‘दुग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौँ । ती समस्या समाधान भएनन् भने दुध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको समवर्द्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

मन्त्री अर्यालले सरकारले दुध नीति अगाडि बढाएको भन्दै अहिलेको असहज परिस्थतिलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गरिन्। ‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी संचालन गर्ने ठाउँमा छौं । असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ ।

किसान दाजुभाइले पनि हेक्का राख्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘व्यवसायबाटै पछि हट्ने सोच बनाउनु हुँदैन । डिडिसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दुध नीति अगाडि बढाएका छौँ । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्त गरेका छौँ । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’

दुग्ध क्षेत्रमा रहेका तमाम समस्याप्रति सरकार संवेदनशील भएर अगाडि बढ्ने पनि उनले बताइन् । डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको छ ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…