एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।

सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ । ‘व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।

उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् । ‘जेठ २ को वरिपरि कुरा भएको छ, तर कुनै ठोस कुराकानी भएको छैन,’ भेटमा सहभागी अर्का नेताले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो ।

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…