अब चीनका नागरिकले तीन सन्तान जन्माउन पाउने

काठमाण्डाै । चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ ।

चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङकाे नेतृत्वमा भएकाे पाेलिटब्युराे बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएकाे हाे ।

चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीतिसमेत लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउनेका लागि अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवालाई विवाह र परिवारबारे शिक्षा दिइने जस्ता सुविधाहरु अघि सारेको जनाइएको छ ।

चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे पटक सुस्त गतिमा बढिरहेकाे पाइएपछि यस्ताे निर्णय आएकाे हाे ।

यसपछि धेरै बच्चा जन्माउनका लागि गर्न र जनसङ्ख्या गिरावट राेक्न चीनमाथि दबाब बढेकाे थियाे ।

यस महिनाकाे सुरुवातमा जारी जनसङ्ख्याकाे आँकडामा गएकाे वर्ष चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका र याे सन् २०१६ पछि भएकाे ठूलाे गिरावट र १९६० पछि सबैभन्दा कम बालबालिका जन्मिएकाे बताइएकाे थियाे ।

सन् २०१६ मा चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका थिए । जनसङ्ख्याकाे यी आँकडापछि चीनले बच्चा जन्माउनका लागि पारिवारिक नीतिहरू खुकुलाे पार्ने मान्न थालिएकाे थियाे ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…