चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थाल्यो

काठमाण्डाै । चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ । सङ्क्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ ।

गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ ।

त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताउनु भएको छ ।

बेलायतमा गएको २४ घण्टामा मात्र ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको भने यो अवधिमा मात्र एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताउनु भएको छ । सङ्क्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकामा गएको २४ घण्टामा ५ हजार एक सय ४१ नयाँ सङ्क्रमित भेटिएका छन् भने थप १४१ जनाको ज्यान गएको छ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…