युवा संघलाई ओलीको निर्देशन : सरकारमाथि भइरहेको आ’क्रमण तुरुन्तै रोक्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आ’क्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘हामीमाथि चारैतिरबाट सरवर्षा भइरहेको छ । ती सरवर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताए । ‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै उनले त्यो घातक हुने बताए । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’, प्रधानमन्त्रीको दावी थियो ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…