बालुवाटारलाई अर्को धक्का,५२८ मतले विपक्षी विजयी

काठमाडौँ।  सत्ता निकटस्थहरुले माओवादी छाडी एमाले प्रवेश गरेर सूर्य चिन्हबाट चुनाव लडेका पुरानै उम्मेदवार चन्द्रबहादुर खड्काले जित्ने निश्चित रहेको बताएतापनि राष्ट्रियसभामा लुम्बिनीबाट विपक्षी गठबन्धनका दुर्गनारायण पाण्डेय भर्खरै बिजयी भएका छन् ।

उनले सर्वोच्च अदालतको आदेशानुसार पद जोगिएका जसपा सम्बध्द चार साँसदको समेत मतभार थपिदा पनि सत्तारुढ उम्मेदवारलाई ५२८ मतभारले हराएका हुन् ।

प्रदेश तर्फ उनलाई २०१६ र स्थानीयबाट २१२४ गरी ४१४० र खड्काको सूर्य चिन्हमा १९२०+१६९२ गरी कूल ३६१२ मत प्राप्त भएको छ ।यसपटकको चुनावमा बाग्मती (जेठ ६) देखि नै कमल थापाले सत्तारूढ दल एमालेको पक्षमा मत हाल्न उर्दी जारी गरेका थिए ।

तर,न उनको निर्देशन धादिङको रुबी भ्याली गाउँपालिकाका प्रमुख र उपप्रमुखले टेरे न त नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेरले नै पालना गरे । अन्तत: दुबै ठाउँमा राप्रपाका तीनमध्ये एक अध्यक्षको प्रधानमन्त्री केपी ओलीसितको सामिप्यले काम गरेको देखिएन ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…