बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

काठमाण्डाै । सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ ।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ ।

सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । यो टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुराेमा पुगेको हो ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।

नेपालमा हामारीका कारण समस्यामा परेका बालबालिकालाई सहयोग

बहराइनका राजकुमार शेख मोहम्मद हमद मोहम्मद अल–खलिफाले कोभिड – १९ का कारण समस्यामा रहेका प्रयास नेपाल होमका बच्चाहरूलाई सहयोग गरेका छन। राजकुमार खालिफाले सेभेन समिट नेपालको सहकार्यमा अल्फट होटलसँग समन्वय गरेर प्रयास नेपालका बच्चाहरूलाई सहयोग गरेको एलोफ्ट होटेलका महाप्रबन्धक विक्रम सिंहले जानकारी दिए।

उनीहरूलाई चामल, दाल, कपि, कलम, सेनिटाइजर, साबुन, मास्क लगाएतका सामाग्रीहरु प्रदान गरेर सहयोग  गरेका थिए । यसबाट प्रयास होममा रहेका ३० जना बालबालिकाहरु लाभान्वित भएका छन।

सहयोग पछि राजकुमार खालिफाले कठिन घडिमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरेका थिए। अलोफ्ट काठमाडौं ठमेलले प्रयास नेपाल चिल्ड्रेन होमलाइ स्थापनाकालदेखिनै नै सहयोग गर्दै आएको छ।

सगरमाथा आरोहणका लागि नेपाल आएका राजकुमार खालिफा सगरमाथाको सफल आरोहण पछि हाल काठमाडौंमा छन। त्यो भन्दा पहिले बहराइनबाट कसैले पनि सगरमाथा आरोहण नगरेकोमा उनले बहराइनबाट पहिलो पटक सगरमाथा चढ्ने कीर्तिमान समेत कायम गरेका छन।

यस्तै राजकुमार खलिफा र उनको टीमले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर मापन भए पश्चात आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको कीर्तिमान पनि कायम गरेका छन।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…