भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी: बुद्ध जन्मस्थलबारे गलत तथ्य छिटो सच्चाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन्।

भारतले आफ्नो पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्दै लामो समयदेखि छरिरहेको भ्रमतर्फा संकेत गर्दै प्रधानमन्त्री यस्ता भ्रमात्मक तथ्य सच्चाएर बालबालिकालाई सच्चाई पढाउन सनत आग्रह गरेका छन् । दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्तआग्रह गरका हुन्।

‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिन आएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्ति तर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताए।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिजम, बुद्धवाद, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो,’ उनको सन्देशमा भनिएको छ,’ ‘विभिन्न धार्मिक असहिष्णुता तथा धार्मिक संकीर्णता जस्ता कुराले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए, तर बुद्धका उपदेश, चिन्तन र देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन।’

बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै उनले जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्किए, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु भएको बताएका छन्।

नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथ्य छर्लंग रहेको भन्दै उनले यी तथ्यसम्म पुर्‍याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्‍याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…