सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति आपत्ति

ताप्लेजुङ । बजेट भाषणमार्फत् सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गरेपछि जिल्लाका राजनीतिक दलले आपत्ति जनाएका छन । आइतबार बसेको राजनीतिक दलको बैठकले यसलाई नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । विरोध गर्नेमा प्रदेश सांसद समेत रहेका एमाले अध्यक्ष बलबहादुर साम्सोहाङ पनि छन् ।

आइतबार बसेको एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा, राष्ट्रिय जनमुक्ति र संघिय लिम्बूवान मञ्चले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । दलले रविन्द्र अधिकारीको नाममा सुकेटारको नाम जोडेर सरकारले उनको अपमान गरेको निष्कर्ष पनि निकालेका छन ।

‘रविन्द्र स्मृति पार्क बनाउने विषयमा हाम्रो सहमति रहदै आएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर विमानस्थलमा उहाँको नाम जोड्नु उहाँको अपमान हो ।’ यो पहिचान र मौलिक संस्कृतिमाथिको आक्रमण भएको दलको ठहर छ ।

विज्ञप्तिमा कांग्रेसका मणि लाबुङ, माआवादीका विजय वनेम, राजपाका कीर्तिमान मादेन, राप्रपाका यामकुमार दाहाल, राजपाका इन्द्रकुमार थलङ र संघिय लिम्बूवानका अशोक मादेनले हस्ताक्षर गरेका छन्।यसैगरी, ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले पनि विज्ञप्ति निकालेर यसलाई सच्याउन माग गरेका छन् ।

एमाले नेता योगेश भट्टराईले पनि ऐतिहासिक रुपमा कुनै नाम वा विशेषतावाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल गर्नु जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्रै सही परिणाममा पुग्न सकिने उल्लेख गरेका छन् ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…