निषेधाज्ञा कार्यान्वयन गराउन गएका असई र जवान पसलबाट रक्सी बोकेर फर्किएपछि…

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ। ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय छन्।

कार्यालयले उनीहरूलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो। असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका-२३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो।

त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस.के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए। प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो। त्यही बेला पसलका सञ्चालक भने फरार भएका थिए।

सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए। प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो।

भिडिओ सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…