वालुवा, गिट्टी अब भारत लैजान खुल्ला, चुरे क्षेत्र तहसनहस हुने शँका

जनकपुरधाम । नेपालबाट भारतमा ढुंगा, बालुवा,गिट्टी निकासीलाई सरकारले खुल्ला गरेको छ । अध्यादेश मार्फत सरकारले ल्याएको बजेट वक्तव्यमा बजेट घाटा पुर्ति गर्न वातावरणीय प्रभावको मुल्यांकनगरि ढुंगा,बालुवा, गिट्टी निर्यात गरी बजेट घाटा न्युन गरिने उल्लेख छ ।

‘वातावरणीय प्रभाव मुल्यांकनको अधारमा खानी जन्य ढुंगा, बालुवा, गिट्टी निकासी गरी ब्यापार घाटा न्युनिकरण गरिनेछ ।’ बजेट भाषणको १९९ नम्बर बुंदामा उल्लेख छ ।

नेपालका बिभिन्न नदीहरुमा जथाभावी भइरहेको उत्खननको कारण चुरे क्षेत्र विनास भै तराई÷मधेश मरुभुमि बन्ने अवस्थामा पुगेको छ ।बालुवा, ढुंगा, गिट्टी नदीबाट जथाभावी उत्खननकोस्वीकृती नदिन सरकारमाथि विभिन्न क्षेत्रबाट दवाव बढिरहेको बेलामा भारत निकासी सरकारले खुल्ला गरेको छ ।

हाल नेपालबाट ढुंगा,बालुवा,गिट्टीको भारत निकासीमा पूर्ण रोक लगाइएको छ । जिल्ला समन्वय समितिको सहमतिमा नदीजन्य बालुवा, गिट्टी र ढुंगाको अव्यवस्थित रुपमा उत्खनन भइरहेको छ ।

नेपालको भन्दा भारतमा धेरै महँगोमा नेपाली नदीको बालुवा, गिट्टी, ढुंगा बिक्री हुने गरेको छ ।भारतमा निकासी सुरु भएको केहि महिनामै चुरे क्षेत्र तहसनहस हुने विज्ञहरुको कथन छ ।

झण्डै १२ वर्ष पुर्व धनुषा जिल्लाका तत्कालिन एमालेका नेता रामचन्द्र झा स्थानीय विकास मन्त्री रहेको बेला बालुवा, गिट्टी, ढुंगाको भारतमा हुने निकासीलाई रोकिएको थियो ।

चुरे क्षेत्र संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु गरिएको छ ।तर सरकारले बजेट घाटालाई न्युनीकरण गर्न चुरेको विनास गर्ने मार्ग प्रशस्त गरेको छ ।‘सरकारले तराईरमधेशलाई मरुभुमी बनाउने कार्य थाले’माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री रामचन्द्र झाले भने, तराईको सबै २० वटै जिल्लाबाट भारतमा बालुवा, गिट्टी, ढुंगाको निकासी तिव्ररुपमा बढनेछ ।

तराई÷मधेशमा हाल पानीको सतह धेरै तल गइसकेको छ ।वैशाख,जेठ महिनामा पिउने पानीको समेत समस्या हुने गरेको छ । देशको प्रथम राष्ट्रपति डा।रामवरण यादवले चुरे संरक्षणका लागि पहलगर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु गराएका थिए ।

अध्यादेशबाट सरकारले ल्याएको चुनावमुखी बजेट घाटा न्युन गर्न चुरेक्षेत्रलाई विनास गर्ने कार्यक्रम लागु गर्न थालेको छ ।हरेक वर्ष तराई÷मधेशमा हुने बाढीपहिरो र सुख्खाको समस्याको कारक नै चुरे विनासलाई मानिएको छ ।

‘नियोजित रुपमा सरकारले चुरे विनासगरि तराई मधेशलाई मरुभुमी बनाउन लाग्यो’ नेता झाले भने, नदीजन्य ढुंगा, बालुवा, गिट्टीको निकासीलाई खुल्ला गर्न नदिन तराईबासीहरु सचेत हुनुपर्छ ।

नदीमा हुने उत्खननलाई स्थानीयहरुको दवावमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रहरीको सहयोगमा रोक्ने गरिएपनि त्यो अल्पकालिन मात्र हुने गरेको छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…