को को थिए वामदेवले गणतन्त्रको प्रस्ताव ल्याउँदा विरोध गर्ने ३ नेता

१५ जेठ, काठमाडौं । १४औं गणतन्त्र दिवसमा नेकपा एमालेका नेता वामदेव गौतमले इतिहासका महत्वपूर्ण विषयहरुको खुलासा गरेका छन् । उनले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने नेताहरुमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड भनी उल्लेख गरेका छन् ।

गौतमले फेसबुकमा गणतन्त्रका महानायकहरुबारे नाम खुलाएपछि गणतन्त्रको विरुद्धमा रहेका नेताहरुको संख्या खुलाएपनि नाम खुलाएका छैनन् । गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा भएको समेत खुलाएका छन् । उनले लेखेका छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतम निकट स्रोतका अनुसार गणतन्त्रको प्रस्तावको विरोध गर्नेहरुमा नेताहरु केपी शर्मा ओली, प्रदीप नेपाल र मुकुन्द न्यौपाने थिए । उनीहरुले गौतमको गणतन्त्रको प्रस्तावको ठाडै विरोध गरेका थिए । त्यतिबेला गणतन्त्रको प्रस्तावको विरोध गर्ने ओली हाल देशका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष छन् । प्रदीप नेपाल राजनीतिमा निष्कृय जस्तै छन् । मुकुन्द न्यौपाने माधवकुमार नेपालनिकट छन् ।

यसैगरी, गणतन्त्रमा जानुपर्छ भनेर बोल्दा गौतममाथि पार्टीमा कारबाही समेत भएको थियो । उनलाई कारबाहीका लागि प्रस्ताव तत्कालीन नेकपा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले लगेका थिए ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…