अझै मन्त्री बन्ने आश : पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर

काठमाडौं जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा थिए । उनीहरु सातै जना पूर्व माओवादी केन्द्रबाट सुरुमा मन्त्री बनेका थिए । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।

गत फागुन २३ गते नेकपाको एकता भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग गर्दापनि उनीहरुले माओवादी केन्द्र त्यागेर एमाले रोजेका थिए । दल त्यागेको कारण माओवादीले उनीहरुलाई सांसद नरहनेगरि कारबाही गरेको थियो । सोहीअनुसार सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुको सांसदबाट पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गरिसकेका छन् । तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेगरि दुई चरणमा निर्वाचन गर्ने भनेर मिति नै घोषणा गरिसकेको छ । ओलीले चुनावी सरकारमा फेरि सातै जनालाई सहभागी गराउने वचन दिएकाले उनीहरुले क्वार्टर नछोडेका कुरा पनि आएका छन् ।

तर, आफ्नो सत्ता जोगाउनको लागि सबैभन्दा निर्णायक भूमिका खेलेको र गुण लगाएका जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने ओलीको तयारी छ । यो बीचमा ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद जारी राखेका छन् । जसपाबाट सरकारमा सहभागी हुँदा कम्तिमा पनि ८ जना सहभागी हुने जनाईएको छ ।

यसो हुँदा अहिले मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका यी सातै जना मन्त्री हुने सम्भावना पनि छैन् । लामो समय राजनीति गरेका र पटक पटक मन्त्री भएकाहरुले यो कुरा नबुझ्ने कुरै छैन् । तर, उनीहरु अहिले पनि मन्त्री बन्ने आशमा क्वार्टर नछाडी बसेका छन् ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…