बाबुराम भट्टराईका कारण माओवादी र पूर्वमाओवादीप्रति ‘भारत झन् कठोर बन्ने’ संकेत

१६ जेठ,  काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत गतिलो कूटनीतिबाट च्यूत भएको, नेपालको हिन्दूवादी मोर्चा र भारतको राष्ट्रिय स्वंसेवक संघको गठजोडमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नता रहेको टिप्पणी द हिन्दुमा लेखमार्फत् गरेपछि पूर्वमाओवादी र माओवादीसँगको सम्बन्धका धेरै विषय छरपष्ट भएका छन् ।

बाबुरामको टिप्पणीप्रति भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले बाबुराम अझै जेएनयूको काल्पनिकधर्तीमा बाँचिरहेको जवाफ दिएका छन् ।

बाबुरामलाई नेपालको आन्तरिक राजनीतिमा कुनै प्रकारको प्रतिक्रिया दिन स्वतन्त्र रहेपनि आरएसएस र भारतबारे प्रतिक्रिया दिनुले उनी अझै खाट्टी डाईहार्ड कम्युनिस्टका रुपमा आफ्नो असफलताका लागि अरुलाई गाली गरिरहेको टिप्पणी चौथाइवालेको छ । बाबुरामले अतुल के ठाकुरसँग मिलेर लेखेको लेखको आलोचना गरेका भाजपा विदेश विभाग प्रमुखको प्रतिक्रिया निकै अर्थपूर्ण मानिएको छ ।

भारतले ओलीलाई साथ दिइरहेको विषय उल्लेख गरिएको लेख कुनै देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले नहुँदाको अवस्थामा जसरी टिप्पणी गरिएको आशयसहित असन्तुष्ट व्यक्त भएको छ । यसले बाबुरामप्रति भारतको सत्तारुढ भाजपाले तिव्र असन्तुष्टि जनाउनु आफैमा चासोको विषय बनेको छ ।

भारतसँग निकै सुमधुर सम्बन्ध रहेको भनिएका पूर्वप्रधानमन्त्री भट्टराईको भाजपा सरकारमा आएपछि दूरी बढेको देखिन्छ । उनलाई भाजपाले अझै पनि माओवादी नेताकै नजरबाट हेर्ने गरेको देखिन्छ ।

यसअघि भारतको सत्तापक्षसँग नजिकको सम्बन्ध रहेका जनरल गगनदीप बक्सीले माओवादीप्रति तिव्र आक्रोश व्यक्त गर्दै भारतले माओवादीलाई विगतमा साथ दिएर आत्मघाती काम गरेको टिप्पणी गरेका थिए । उनले माओवादीको त्यतिबेला चर्को आलोचना गर्नु र हिन्दु राष्ट्र अन्त गर्ने कदम ठिक थिएन भन्नु र अहिले आएर भारतको सत्तारुढ दल भाजपा माओवादी र पूर्वमाओवादीप्रति कठोर बन्दै जानु अर्थपूर्ण देखिएको छ ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…