पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी : ‘राजस्व नबढाई ऋण मात्रै थप्ने नीति ठीक होइन’

काठमाडौँ। संसदमा नियमित वार्षिक बजेट सार्वजनिक गरेजसरी बजेट ल्याइयो, तर अहिले परिस्थिति त्यस्तो थिएन । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो बजेट विनियोजन गर्नु बजेटका केही सकारात्मक पक्ष हुन् । बजेट अलि बढी वितरणमुखी छ ।

वर्तमान परिस्थितिमा कोभिड र राजनीतिक अस्थिरताका कारण पुँजीगत खर्च हुने देखिएको छैन नै, तर बजेटले नै वितरणमा बढी जोड दिएको देखिन्छ । पछिल्ला तीन वर्षमा वार्षिक १० खर्ब हाराहारी मात्रै राजस्व संकलन भएको छ । यस वर्ष पनि सवा १० खर्ब राजस्व संकलनको लक्ष्य लिइएको छ ।

जसले चालू खर्च नै नधान्ने देखिन्छ । राजस्व नबढाउने, तर ऋण मात्रै बढाउने नीति ठीक होइन । ऋण पनि विकासमा खर्चिए त ठीकै हो, तर अहिले विकास गर्नेभन्दा पनि बाँड्ने कार्यक्रम बढी देखिन्छ । यो अर्थतन्त्रका लागि ठीक होइन ।

बजेट कार्यान्वयन पनि चुनौतीपूर्ण छ । पछिल्ला तीन वर्षमा पुँजीगत खर्च असाध्यै कम छ, अहिलेको परिस्थितिमा आगामी वर्ष पनि पुँजीगत खर्च कमजोर नै हुने देखिन्छ । जहाँसम्म ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य छ, त्यो पनि पूरा नहुने देखिन्छ । पोहोर ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य थियो, २.१ प्रतिशतको ऋणात्मक भयो, यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो त्यसलाई संशोधन गरेर ४ प्रतिशतमा झारियो अब त्यो पनि पूरा हुने देखिँदैन ।

सबै नागरिकलाई कोभिडविरुद्धको खोप नलगाएसम्म राष्ट्रिय आत्मबल बढ्नेछैन, अवस्था सामान्य हुनेछैन । तर, खोपका लागि बजेट विनियोजन गरेको छ । तर, खोप राजनीतिक विषय भएकाले प्राप्त गर्न गाह्रो छ । समग्रमा बजेट वितरणमुखी छँदै छ यसको कार्यान्वयन पनि चुनौतीपूर्ण छ ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…