बजेटबारे बाबुरामको टिप्पणी- ‘एमालेले गोरखामा उमेदवार नउठाउने बुझियो !’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’

डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नुभएको छ– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…