कारोबारका आधारमा ९० प्रतिशतसम्म कर छुट

काठमाडौँ । सरकारले आगामी वर्ष कारोबारका आधारमा करदातालाई आयकरमा छुट दिने भएको छ । जसअनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतसम्म कर छुट पाउने भएका छन् ।

यस्तै, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रका होटेल, ट्रेकिङ क्षेत्रमा म यातायात, हवाइ क्षेत्र, चलचित्र तथा सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्ने भएको छ । व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष थप गरिएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कटौती गर्न पाइने अर्थमन्त्री विष्ण पौडेलले बताएका छन् ।

कोभिड १९ को उपचारसाग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामाग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न पाइने भएको छ। निवृतिभरण वापतको करयोग्य आयमा गणना गर्दा थप २५ प्रतिशत रकम छुट पाइने मन्त्री पौडेलले बताए ।

विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पूरै खारेज गरी भन्सार महसुल समेत घटेको छ । इन्डक्सन चुल्होको भन्सार दर घटाएर १ प्रतिशत कायम गरिएको छ ।

यस्तै सरकारले रेफ्रिजेरेटर ग्राइन्डर, राइसकुकर, पङ्खालगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरेको छ । भन्सार महसुलमा पनि कमी गरेको छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…