अन्त:शुल्क हटेर भन्सार घटेपछि कति भयो बिजुली कारको कर?

चालु वर्षको बजेटबाट बिजुली कारमा थपिएको कर आगामी वर्षको बजेटबाट सरकारले हटाइदिएको छ। आगामी वर्षको बजेट तथा आर्थिक अध्यादेशबाट सरकारले बिजुली कारमा थपिएको अन्त:शुल्क खारेज गरेको छ भने भन्सार दर घटाएको छ।

चालु वर्षको बजेटबाट तत्कालि अर्थमन्त्री युवराज खतिवडाले एकैपटक करिब २ सय प्रतिशतसम्म कर पुर्‍याएका थिए। तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक ऐनबाट बिजुली कारको समग्र कर १९८ प्रतिशतसम्म पुर्‍याइदिएका थिए।

आगामी वर्षको बजेटबाट अर्थमन्त्री विष्णु पौडेलले अन्त:शुल्क खारेज गरेका छन् भने भन्सार दर पनि घटाएर पहिलेकै १० प्रतिशतमा झारेका छन्।

अघिल्लो वर्षमात्र सरकारले बिजुली कारको ब्याट्री क्षमताको आधारमा ८० प्रतिशतसम्म अन्त:शुल्क लगाएको थियो। त्यसरी कर लगाएपछि बिजुली कारको आयात रोकिएको थियो।

कर बढेको र यसै पनि महंगो हुने बिजुली कार नेपालमा बिक्री नहुने भन्दै व्यवसायीहरुले भन्सारबाट कार पास गराएका अझैसम्म छैनन्।अबदेखि बिजुली कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्यअभिबृद्धि करमात्र लाग्ने छ। त्यस्तै हाइब्रिड कारमा बढेको भन्सार पनि घटेको छ।

भर्खरै प्रकाशित

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…