नेपालको बजेट : हिमालको पानी विदेश पठाइने, बालुवा निर्यात गरेर व्यापार घाटा कम गरिने

काठमाण्डाै । सरकारले नेपालका मौलिक उत्पादनको निर्यातलाई जोड दिने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा अलैँची, चिया, कफी लगायत मौलिक उत्पादनलाई निकास प्रवर्द्धन गरिने उल्लेख छ ।

यस्तै नेपालको हिमालको पानीलाई प्रशोधन गरेर विदेश निर्यात गर्न निजी क्षेत्रलाई हौसला दिने उल्लेख छ । यस्तै नदीजन्य पदार्थ निर्यात गरेर व्यापार घाटा कम गरिने बजेटमा उल्लेख छ । बालुटा, ढुङ्गा र गिटीको निर्यात गर्न प्रोत्साहन र छुट दिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

बजेटमा श्रम रोजगार : श्रम मन्त्रालयलाई १४ अर्ब बजेट, यस्ता छन् कार्यक्रम

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्ब बजेट विनियोजन गर्नुभएको छ । बजेटले बेरोजगारलाई रोजगारी सृजना गर्नेदेखि सीप तालिम र सामाजिक सुरक्षाका कुरा समेटेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

गएका वर्ष झैँ सरकारले यस आउँदो वर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाख बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय स्तरमै उपलब्ध आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारहरूले रोजगारी पाउँछन् । तर सुरुवातदेखि नै यो कार्यक्रम विवादित छ । आउँदो आर्थिक वर्षमा यो कार्यक्रमका लागि सरकारले गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सीप तालिमलाई ४० करोड

सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला, बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो ।

विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।

स्वदेशी उद्योगमा सीप सिक्न चाहनेहरूका लागि ३ महिनाको रकम सरकारले व्यहोरिदिने भएको छ । त्यसरी सीप सिकेकाहरूलाई सम्बन्धित उद्योगले दुई वर्ष रोजगारी उपलब्ध गराउनु पर्नेछ । यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ऋण लिने कार्यक्रमलाई यस वर्ष पनि सरकारले निरन्तरता दिने भएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

विदेशबाट फर्किएका युवाले पाउने सहुलियत ऋणको ब्याज अनुदान बढाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले विदेशबाट फर्किएका व्यक्तिले पाउने सहुलियतपूर्ण ऋणको ब्याज अनुदान पाँच प्रतिशत पुर्‍याइने बताउनुभएको हो । त्यसका लागि सरकारले १३ अर्ब बजेट विनियोजन गरेको छ ।

यस्तै श्रम अडिटलाई प्रभावकारी बनाइने र औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरूको सामूहिक दुर्घटना बिमालाई निःशुल्क बनाइने तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको अनिवार्य दुर्घटना बिमाको व्यवस्था गरिने बजेटमा व्यवस्था गरिएको छ । घरेलु उद्योगलाई प्रोत्साहित गर्न सरकारले थप कार्यक्रम ल्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

उद्यम गर्न २५ लाख सहुलियत ऋण

सरकारले युवा उद्यमीलाई सरकारले १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ । युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराइने भएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

यस्तै सरकारले सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले २०७८ जेठ र असारमा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम जम्मा गरिदिने भएको छ । गएको वर्ष पनि कोरोना महामारीको कारण सरकारले चार महिनाको रकम जम्मा गरिदिएको थियो ।

यस्तै आउँदाे आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको दायरालाई विस्तार गर्दै स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि सहभागी गराउने बजेट मार्फत सरकारले घोषणा गरेको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…