आजबाट देशभरको मौसममा सुधार, कहाँ कति वर्षा?  थप सामग्री

बंगालको खाडीमा विकास भएको ‘यास’ चक्रवातका कारण बद्ली भएको मौसममा सुधार आएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखकी मौसमविद् शान्ति कँडेलका अनुसार यास चक्रवात पश्चिम उत्तर सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण तीन दिनदेखि वर्षा भइरहेको थियो। न्यून चापीय क्षेत्रको प्रभाव कम हुँदै गएकाले मौसममा सुधार आएको उनले बताइन्।

“देशव्यापी रुपमा परेको यास चक्रवातको प्रभाव आजबाट कम भएको हो, यद्यपी गण्डकी र लुम्बिनीमा अहिले पनि वर्षा भइरहेको छ, त्यहाँ पनि आज साँझबाट प्रभाव कम हुँदै जान्छ,” कँडेलले भनिन्।

आइतबारबाट बागमती, प्रदेश २ र प्रदेश १ मा पूर्ण रुपमा मौसममा सुधार आउने छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

कहाँ कति वर्षा? 

यास चक्रवातका कारण गत २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका बिभिन्न स्थानमा औषतभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्रका अनुसार गण्डकी प्रदेशको डण्डा, डेढगाउँ र अरुणखोलामा औषतभन्दा बढी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा १४२.६ मिलिमिटर वर्षा भयो भने डेढगाउँमा १६० मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी सबैभन्दा बढी वर्षा लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित खाँचीकोटमा भएको छ। जहाँ पछिल्लो २४ घण्टामा २१०.२ मिलिमिटर वर्षा भएको छ। परासीमा १६३.८, पाल्पामा १५१.२ मिलिमिटर वर्षा भएको छ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…