ओलीले भाजपा सरकारलाई हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने वाचा गरेका छन् : श्यामशरण

१५ जेठ, काठमाडौं । भारतका पूर्वविदेश सचिव श्यामशरणले भारत सरकारले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्थासहितको हिन्दुराष्ट्र फर्काउन चाहेको हल्ला आइरहेकाले त्यसबारे प्रष्ट पार्नुपर्ने टिप्पणी गरेका हुन् ।

आज इन्डियन एक्सप्रेसमा लेख मार्फत् नेपालका लागि पूर्वराजदूत रहिसकेका श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ उनले राजसंस्थाको अन्त भारतको ठूलो उपलब्धि भन्दै फर्काउने तर्फ लाग्न नहुनेमा जोड समेत दिए ।

श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरीत कार्य गरेको टिप्पणी गरे । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।’ राष्ट्रिय स्वयंसेवक संघका केही नेताहरूले नेपालमा राजसंस्था फर्काउने अभिव्यक्तिहरू दिइरहेकाले आशङ्काहरू बढेको समेत उनले टिप्पणी गरेका छन् ।

विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरू समेत उल्लेख गरे । आफू राजदूत हुँदै विदेश सचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क गरे । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ ।’

श्यामशरणले भारत प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रिय भएको विषय उठिरहेको समेत लेखेका छन् । ‘ओली भारतका प्रिय हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ,’ उनले लेखेका छन्, ‘ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ ।’

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…