उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् ।

शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका हुन् ।

उनले उपचार खर्चमा लाग्ने रकमको लागि सम्पर्क व्यक्ति प्रमेश गिरीको मोबाइल नम्बरसमेत विज्ञप्तिमै उल्लेख गरेका छन् ।

यस्तो छ बीएण्डसी मेडिकलको प्रेस विज्ञप्ति पूर्णपाठसहित 

विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष श्री उज्जवल थापाको औषधी उपचार खर्च वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले प्रदान गर्ने ।

नेपाली जनताको लामो सर्घष र वलिदानद्वारा स्थापित गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । गणतन्त्र प्राप्तिको लागि भएका विभिन्न आन्दोलन तथा संर्घषहरुमा आफनो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछौं ।

आज गणतन्त्र दिवस मनाउदै गर्दा नेपाली जनताले गणतन्त्र स्थापनाका लागि गरेको आन्दोलनको भावना र शहीदको सपनाको बाटोमा मुलुकलाई अगाडि लान सबैलाई प्रेरणा प्राप्त हुनसकोस्‌  भन्ने शुभकामना व्यक्त गर्दछौं ।

यसैविचमा नेपालको गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियान्ता तथा साझा विवेकशिल पार्टीका पूर्व अध्यक्ष श्री उज्जवल थापा हाल अस्वस्थ्य भई मेडिसिटी अस्पताल काठमाण्डौंमा उपचाररत रहनु भएको र वहाँको उपचारमा सहयोग संकलनको लागि आहवान भएको समाचार विभिन्न संचार माध्यम मार्फत विवेकशिल साझा पार्टीका अध्यक्ष श्री रविन्द्र मिश्रले आर्थीक सहयोगको लागि आहवान गर्नुभएको जानकारी हुन आएको र वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटलको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने रहेकोले उपचारको कममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण उपचार खर्च वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

गणतन्त्रदिवसको अवसरमा सबैलाई पुन: शुभकामना ।उक्त रकमको लागि ९८०१४५६७५१ जनसम्पर्क प्रमुख प्रमेश गिरी सँग संम्पर्क गर्नुहोला ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…