राजनीतिक विवादमा नमुछियोस् : रुकमाङ्गद कटवाल

काठमाडौं । नेपालमा गणतन्त्रपछिका पहिलो प्रधान सेनापति बनेका जनरल रुक्माङ्गद कटवालले राजनीतिक दलहरूले तिनको खिचातानीमा आफ्नो नामको दुरुपयोग गर्नु अत्यन्त दूर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

हालै मात्र जनरल कटवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री पदमा नियुक्त गर्ने हल्ला चलिरहेको सन्दर्भमा उनले बाह्रखरीसँग कुरा गर्दै दुर्भाग्यपूर्ण भनेका हुन् । उनले भने, “मैले आफ्नो अवकाशको जीवन इमान्दारी र सच्चरित्रतापूर्ण रुपमा बिताउन चाहेको छु, र मलाई विवादमा नल्याउन सबैलाई आव्हान पनि गर्न चाहन्छु ।” जनरल कटवालले आफ्नै नाममा एक ट्रस्ट बनाएर विपन्न वर्गको शिक्षामा सहयोग गरिरहेका छन् ।

आफूले इमान्दारीपूर्वक देशको सेवा गर्दा विभिन्न शक्ति समूहसँग निर्णायक रुपमा मूठभेड भएकाले देश र जनताले त्यहीअनुसार मूल्यांकन गरेकोमा गर्व गर्दै जनतालाई चित्त दुःखाएर पद, पैसा र शक्तिको लोभमा फस्दै इमान नबेच्ने दृढता आफूमा रहेको पनि उनले स्पष्ट पारेका छन् ।

निडर र स्पष्टवक्ता सेनापतिको छवि बनाएका कटवालले भने, “मलाई गृहमन्त्री दिन्छु भनेर न त कसैले भनेको छ, न कसैले भन्न आयो भने म स्वीकार गर्नेछु । मलाई थाहा छ मन्त्रीको पदमा बस्न जनताको मत र समर्थन दुवै चाहिन्छ । जनताले चुनेर पठाएको व्यक्तिले नै जनताको सेवा गर्नु पर्छ । यसरी बीचबाट घुसेर न त म मन्त्री बन्छु न यो प्रक्रियालाई समर्थन नै गर्छु ।”

यसै सन्दर्भमा सामाजिक सञ्जालमा जनरल कटवाल भारतीय राजदूतावास गएको समाचार पनि आएको थियो । यस सन्दर्भमा सोध्दा उनले भने, “अवकाश प्राप्त भएता पनि नेपाली सेनाको प्रमुख भएको नाताले मैले नेपालको मर्यादा राख्नु पर्दछ । एक विदेशी दूतावासको सार्वजनिक कार्यक्रमबाहेक अन्य राजनीतिक भेटघाटमा जानु देशको मर्यादाको खिलाफ हुन्छ । एक सैनिक प्रमुख भएको नाताले मेरो देशको शिर झुक्ने काम म बाट कहिल्यै हुँदैन ।”

जनरल कटवाल हालै मात्र कोभिड–१९ को संक्रमणबाट मुक्त भएर अस्पतालको बसाई पछि घरमा आराम गरिहेको र आफू घरबाट बाहिरसमेत ननिस्केको अवस्थामा समेत यस्तो कपोलकल्पित आरोप लगाएकोमा आश्चर्य चकित छन् । उनले चेतावनी दिँदै भने, “हामी राजनीतिज्ञ होइनौं । जसले जसरी मनलाग्छ त्यसैगरी मेरो नामको दुरुपयोग गरेर समाचार बनाएको सह्य हुनेछैन । ”

आफू सेना प्रमुख हुँदा केही उपल्लो तहका जनरलहरूलाई तिनको स्वार्थ अनुरुप काम नगरिदिएकाले अहिलेसम्म तिनले बेला बखतमा आफूलाई लखेटिरहेको गुनासो पनि कटवालले गरेका छन् ।

जुन व्यक्ति जुन कामको लागि योग्य थियो आफूले उसैलाइ जिम्मेवारी दिएको तर नियम कानुन र सैनिक परम्परा सबै मिचेर आफूलाई पदोन्नति गराइदिनु भनेर विभिन्न माध्यमबाट धाउने एक जनरल अहिलेसम्म पनि आफू विरुद्ध लाग्दै आएको भन्दै समय आउँदा उसको घिनलाग्दो मुहार पनि सार्वजनिक गरिदिने चेतावनी पनि कटवालले दिए ।

आफू कुनै पनि राजनीतिक खेलमा नलागेको र मन्त्री पद दिनै आए पनि त्यसलाई स्वीकार्ने कुनै मनस्थितीमा नभएको भन्दै सबैलाई सो कुरा मनन् गर्न पनि आग्रह गरेका छन् । अन्त्यमा म नेपाली हुँ भनेर गर्व गर्ने आफुमा आत्मभरोशा, आत्म विश्वास भएका र आत्म सम्मानित कुनै पनि नेपालीले अरुको घर धाउने मनस्थिति र हामी केही गर्न नसक्ने लाचार हौ भन्ने औपनिवेसिक चरित्र त्याग्ने, हामी आफ्नै खुट्टामा उभिन सक्छौँ भन्ने दृढ संकल्पित हुन सबै नेपालीलाई आव्हान गरेका छन् ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…