मन्त्री बनेकै दिन साधारण सदस्य समेत नरहनेगरी हटाइएपछि

काठमाडौँ  । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो।

नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले उनीहरुलाई पार्टीले कारवाही गरेको जानकारी दिए।

स्थायी कमिटी बैठकले दिएको निर्देशन नमानेको विषयमा सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष थापाले बताए।

आज फेरि विस्तार भएको प्रदेश मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने तयारी एमाले प्रदेश कमिटीको छ।

‘आज नयाँ मन्त्री भएकालाई २४ घण्टे स्पष्टीकरण सोधिन्छ,’ उनले भने। एमालेले समर्थन फिर्ता लिएकोबारे प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा दर्ता भैसकेको उनले बताए।‘मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ, सरकार विस्तार गर्न उहाँसँग वहुमत छैन,’ थापाले भने।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…