रेड्मी ‘नोट १० प्रो’को क्यामरा गुणस्तर आइफोन भन्दा राम्रो

प्राय गुणस्तरीय क्यामरा प्रदर्शन भएको स्मार्टफोन किन्दा धेरैको रोजाइमा आइफोन वा सामसङ पर्ने गर्छ। हालै गरिएको एक परीक्षणको अनुसार भने चिनियाँ स्मार्टफोन कम्पनी साओमीको नयाँ फोनको क्यामरा प्रदर्शन आइफोन भन्दा राम्रो भएको बताइएको छ।

साओमीको ‘रेड्मी नोट १० प्रो’ मोडलले सन् २०२० मा सार्वजनिक भएको आइफोन एसइलाई क्यामरा प्रदर्शनमा जितेको ग्याजेट ३६०ले जनाएको छ।

डिएक्सओमार्कले गरेको क्यामरा परीक्षणमा ‘रेड्मी नोट १० प्रो’ प्रदर्शन आइफोन एसइको तुलनामा धेरै राम्रो रहेको प्रमाणित भएको छ। डिएक्सओमार्कले स्मार्टफोन र अन्य उपकरणको मूल्यांकन गर्न त्यसका क्यामरा, सेल्फी, अडियो, डिस्प्ले र ब्याट्री पदर्शनको वैज्ञानिक परीक्षण गर्छ।

गत मार्च २४ मा सार्वजनिक भएको ‘रेड्मी नोट १० प्रो’मा चारवटा क्यामरा छ, जसको मुख्य क्यामरा १०८ मेगापिक्सलको प्राइमरी सेन्सरले बनेको छ। यही फिचरका कारण यस स्मार्टफोनबाट खिचिने फोटो गुणस्तरीय देखिन्छ।

यसैगरी आइफोन एसइको पछाडिपट्टि १२ मेगापिक्सलको क्यामरा छ भने यसको सेल्फी क्यामरा ७ मेगापिक्सलको छ। डिएक्सओमार्कको परिक्षणमा ‘रेड्मी नोट १० प्रो’बाट खिचिएको फोटोले १११ अंक र आइफोन एसइको फोटोले १०८ अंक पाएको ग्याजेट ३६०ले लेखेको छ।

भिडियो प्रदर्शनमा भने आइफोन एसइले ‘रेड्मी नोट १० प्रो’लाई पछि पारेको छ। आइफोन एसइबाट खिचिएको भिडियोले १०५ अंक पाएको, तर ‘रेड्मी नोट १० प्रो’को क्यामराबाट खिचिएको भिडियोले जम्मा ९५ अंक पाएको डिएक्सओमार्कको भनाइ छ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…