एमालेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहसहित तीन मन्त्री पार्टीबाट निष्काशित

१४ जेठ,  काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई पार्टीबाट निष्काशित गरिएको छ । उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश कमिटीले निष्काशन गरेको हो ।

निष्काशित गरिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्दोग, वन तथा वातावरणमन्त्री माया भट्ट छन् । तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो ।

पत्रमा मन्त्री शाहलाई पार्टीका निर्णयहरुको अवज्ञा गरी पार्टी एकताविरुद्ध र विखण्डनको पक्षपोषण गरेको आरोप लगाइएको छ । उनीमाथि नितान्त आत्मकेन्द्रित आपराधिक मनोवृत्तिबाट ग्रसित रहेको आरोप समेत थियो । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले हस्ताक्षर गरेर पत्र पठाइएकोमा आज कारबाहीको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…