पाकिस्तान र भारतमा देखिएको सलह नेपाल आउने सम्भावना कति ?

पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ :

थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि सलह किराबारे आधिकारिक जानकारी दिने निकायहरुले त्यो कुरा उल्लेख गरेका छैनन् ।

सलह किरासम्बन्धी जानकारी दिने विभिन्न निकायहरुको रिपोर्ट प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले हेर्दै आएको छ । भारतको कृषि विभागले एक, एक हप्तामा सलह किराबारे विस्तृत रुपमा जानकारी दिँदै आएको छ।

उनीहरुको रिपोर्टमा अहिले देखिएको ठाउँमा ठूलो झुण्ड छैन भनिएको छ । तर पनि किसानलाई सचेत रहन भने आग्रह गरिएको छ । त्यसैले नेपालमा तत्काल सलह किरा छिर्ने सम्भावना छैन । नेपाल छिर्न सक्ने कुनै पनि लक्षण देखियो भने त्यसबारेमा जानकारी गराइन्छ ।

भारतमा सलह देखिनेबित्तिक्कै नेपालमा पनि आइहाल्छ भन्ने होइन । मौसम, तापक्रम, सलहको सङ्ख्या तथा हावाको वेगमा भर पर्छ । धेरैको सङ्ख्या भएर नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल छिर्ने सम्भावना रहन्छ । सबै पक्षको विश्लेषण गरेर मात्रै निचोडमा पुग्न सकिन्छ । तर त्यो भनेर नेपाल आउँदैन ढुक्क भएर बस्दा पनि हुन्छ भन्न खोजिएको होइन । सतर्कता अपनाइरहनुपर्छ । उडेर आउने किरा भएको र हावाको वेगको आधारमा उड्ने भएकाले सावधानी अपनाइरहनुपर्छ भनिएको हो । अहिलेको अवस्था हेर्दा तत्काल आइहाल्छ भन्ने अवस्था पनि छैन भने आउँदै आउँदैन भन्न सकिने अवस्था छैन ।

भारतमा कति सङ्ख्यामा बढिरहेको छ भन्ने कुरा पनि सम्बन्धित निकायले जनाएपछि मात्र विश्लेषण गर्ने हो । नेपालमै बसेर हचुवाको भरमा भन्न पनि भएन । सम्बन्धित निकायले निकालेको सलहको अपडेट हेरेर नै थाहा पाउने हो। भारतको कृषि विभागले पनि त्यसको रिपोर्टहरु निकाल्छ ।

गएको वर्ष नै सलह किराबारे प्रदेश र पालिकाहरुलाई जानकारी गराइएको छ । यससम्बन्धी तथ्य, तथ्याङ्क र पुस्तिकाहरु निकालिएको छ । सलह नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकाले के गर्ने भनेर योजनाहरु पनि बनाइसकिएको छ । अघिल्लो वर्षकै यी कुराहरुको आधारमा सम्बन्धित निकायले आफ्नो तयारी गरेर बस्नुपर्छ ।

झण्डै सय वर्षदेखि नै विश्वका विभिन्न ठाउँहरुमा सलह किरा देखिने गरेका छन् । गएको वर्ष नेपालमा पनि देखियो । कुनै वर्ष त्यसको सङ्ख्या ह्वात्तै बढ्छ भने कुनै वर्ष त्यति बढ्दैन । हावाको वेग, तापक्रमलगायतका पक्षले साथ दियो भने धेरैको सङ्ख्यामा बढ्ने सम्भावना रहन्छ ।

लामो समयको अन्तरालपछि गएको वर्ष नेपाल छिरेको भएर हामीलाई सलह सम्बन्धी धेरै विषयमा जानकारी प्राप्त भयो । अहिलेका पुस्ताले सलह किराको बारेमा प्रत्यक्ष भोग्ने मौका पाए । त्यसैले भारत, पाकिस्तानलगायतका देशमा देखिएकाले नेपाल छिरिहाल्छ कि भन्ने जिज्ञासा र चासो भएको हो ।

गएको वर्ष असार १३ गते सलह किरा नेपाल छिरेको थियो । देशका विभिन्न ५२ वटा जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा धेरै नोक्सानी पुर्याएको थियो । सलह चिसो ठाउँमा बाँच्न सक्दैन । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा गएको वर्ष धेरै मरेको थियो ।

सलह हावासँगै प्रतिदिन १ सय ५० किलाेमिटर टाढासम्म उड्न सक्छ । बिहान घाम लागेपछि सक्रिय हुन्छ । त्यसले आहारा खान थाल्छ । एउटा किराले आफ्नो औसत शरीरको तौल बराबरको झण्डै दुई ग्राम खान्छ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…