भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

१४ जेठ, काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको कुटपिटको घट्नामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बाँकेका सिडिओ शिवराम गेलाललाई आज फोन गरेर उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार उपप्रधानमन्त्री पोखरेलले भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले उक्त घट्नाको अप्रिय भन्दै यसमा संलग्न दोषीहरुलाई तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका थिए । पोखरेलले उक्त घट्ना अमानवीय र गम्भीर अपराध भएको पनि उल्लेख गरेका थिए ।

पाण्डेले भने-“उपप्रधानमन्त्रीज्यूले दोषीहरुलाई कारबाही गर्न सिडिओ साहेबलाई निर्देशन दिनुभएको छ । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ।” संकटको यो घडीमा आफ्नो ज्यानको परवाह नगरी जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र उनीहरुको सुरक्षाको प्रत्याभूति गर्न पनि उपप्रधानमन्त्री पोखरेलले जोड दिएका थिए ।

पाण्डेकाअनुसार सिडिओले अहिलेसम्म घट्नामा संलग्न तीन जनालाई पक्राउ गरिएको र छानबिन समिति समेत गठन गरिएको कुरा उपप्रधानमन्त्री पोखरेललाई ब्रिफिङ गरेका थिए ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…