स्वास्थ्यकर्मीमाथि सांघातिक हमला, एक तलामाथिबाट हाम फालेर जोगाए ज्यान

१४ जेठ, नेपालगञ्ज  । कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सां’घातिक ह’मला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हा’म फा’लेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आ’क्रमण भएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृ’त्यु भएपछि आफन्तले स्वास्थ्यककर्मीमाथि हा’तपात गर्नुका साथै अस्पतालमा तो’डफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृ’त्यु भएको थियो ।

त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तो’डफोड गर्नुका साथै चिकित्सक र स्टाफ न’र्समाथि आ’क्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आ’क्रम’ण गर्न आउनुभयो । एक तलामाथिको झ्या’लबाट हा’म फालेर साथीहरूले ज्या’न जोगाउनुभयो,’ उनले भने, ‘धन्न हा’म फा’लेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आ’क्र’म’णकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।

एक्कासि आ’क्र’मण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँ’टी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।

एकाएक तो’डफोड र आ’क्रमण हुन थालेपछि ज्यान जोगाउन झ्यालबाट हाम फालेको स्टाफ नर्स अस्मिता गुरुङले बताइन् । ‘सिनेमामा गुन्डाले जस्तै आ’तंक फैलाए, झ्यालबाट हाम नफालेको भए हामी त्यहीँ मा’रिन्थ्यौँ, उनीहरूले ठुल्ठूला लाठा बोकेका थिए,’ उनले भनिन् । ज्यान जोखिममा राखेर बिरामी हेरिरहेको वेला भएको उद्दण्ड व्यवहारले काम गर्ने जाँगर म’रेको उनले बताइन् ।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् । ‘घटना प्रत्यक्ष देखेका स्टाफ न’र्सहरू वार्डमा जान मा’निरहेका छैनन्,’ उनले भनिन्, ‘डरले कामिरहेकाले काम गर्न सक्ने मनस्थितिमा छैनन् स्टाफ नर्स । सुरक्षाको ग्यारेन्टी नभए काम गर्न गाह्रो छ ।’

तो’डफोड र आ’क्रमण भएको केही समयभित्रै अस्पतालमा थप दुई’जना बिरामीको मृ’त्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आ’क्रम’णपछि अस्पताल अस्तव्यस्त भयो, स्वास्थ्यकर्मी तितरबितर भए । यो भयानक दृश्य देखेर केही गम्भीर बिरामीको मृ’त्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

आ’क्र’मण गर्ने व्यक्तिलाई नि’य’न्त्र’णमा लिन खोज्दा सुरक्षाकर्मीमाथिसमेत हा’त’पात भएको थियो । अस्पतालको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हवल्दार निर्मल नेपालीले भने, ‘मृ’तकका आफन्तले बिरामीका कुरुवा, स्वास्थ्यकर्मीमाथि ला’ठीस’हित हातपात गरे । तर, उनीहरूलाई नि’य’न्त्रणमा लिन सक्ने अवस्था थिएन । रोक्न खोज्दा हा’मीमाथि पनि हा’तपात भयो,’ उनले भने, ‘फिल्मी शैलीमा आ’क्र’मण भयो । अवस्था हाम्रो कन्ट्रोलभन्दा बाहिर थियो ।’

केही समयपछि भने प्रहरीले अस्पताल तोडफोड र चिकित्सक तथा स्टाफ नर्समाथि हातपात गरेको आरोपमा मृ’तक’का भाइ मानबहादुर रावतसहित तीनजनालाई नि’यन्त्र’णमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।

दोषीलाई का’र’बाहीको माग गर्दै काम बहि’ष्कार

घटनापछि भेरी कोभिड विशेष अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले दो’षीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभए काम बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले बिहीबार राति नै काम छाड्ने पक्षमा थिए । तर, राति अस्पताल प्रशासनसँगको बैठकपछि उनीहरू काममा फर्केका छन् ।

शुक्रबार बिहानसम्म माग पूरा नभए काममा नफर्किने उनीहरूले बताएका छन् । ‘हाम्रो सुरक्षाको पूर्ण ग्यारेन्टी नभए काममा फर्किँदैनौँ,’ भेरी अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले भनिन् । ज्या’न जोखिममा राखेर बिरामीको उपचार गर्दागर्दै पटक–पटक हातपात र दु’व्र्यवहार खेप्न परेको श्रेष्ठले बताइन् । ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गु’न्डा’गर्दी शैलीमा तो’डफो’ड र आक्रमण हुने कार्य नरोकिए यसले भविष्यमा झनै विकराल रूप लिन्छ । दो’षीलाई तत्काल का’रबाही गर्नुपर्ने हाम्रो पहिलो माग हो,’ उनले भनिन् । नयाँ पत्रिकाबाट

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…